काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किएकोमा स्वागत गरेका छन्।
ललितपुरको सानेपामा गत आइतबारदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठकको बिहीबारको बैठक सुरु गर्दै सभापति थापाले देउवाको नेपाल आगमनलाई स्वागत गरेका हुन्।
मध्याह्न १२ः३० बजेका लागि बोलाइएको बैठकको सुरुआतमै थापाले भने, “निवर्तमान सभापति शेरबहादुर देउवालाई नेपालमा स्वागत छ। उहाँको सुस्वास्थ्यको कामना गर्दछु।”
फागुनमा भएको निर्वाचनको पूर्वसन्ध्यामा विदेशिएका देउवा बिहीबार मात्रै नेपाल फर्किएका हुन्। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै आफ्नो निवासतर्फ लागेका छन्।
देउवा विदेशमा रहँदा कांग्रेसको नेतृत्वमा थापा निर्वाचित भएका थिए। स्वदेश फर्किएपछि देउवाको स्वास्थ्य अवस्थालाई लिएर सभापति थापाले बैठकमार्फत शुभेच्छा व्यक्त गरेका हुन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्