ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभा बैठकमा ग्यास अभावदेखि पत्रकार पक्राउसम्मका विषय उठे


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ४ : ४५   बजे

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने ग्यासको अभाव, कालोबजारी, पत्रकार पक्राउ, हाइड्रोपावर निर्माणबाट उत्पन्न समस्या तथा घरभाडालगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सदस्य विष्णुदेवी पुडासैनीले खाना पकाउने ग्यासको अभावका कारण नागरिकले खाना पकाउनसमेत कठिनाइ भोग्नुपरेको बताउँदै तत्काल समस्या समाधान गर्न सरकारसँग माग गरिन्।

त्यस्तै, सदस्य कृष्णप्रसाद अधिकारीले ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको भन्दै कालोबजारी नियन्त्रणका लागि प्रभावकारी अनुगमन र कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए।

पत्रकार पक्राउप्रति आपत्ति

सदस्य घनश्याम रिजालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको विषय उठाउँदै उनको तत्काल रिहाइको माग गरे।

सदस्य पदमबहादुर परियारले तनहुँ हाइड्रो निर्माणका क्रममा सेती नदीको बहाव परिवर्तन हुँदा स्थानीय क्षेत्रमा समस्या सिर्जना भएको भन्दै त्यसको समाधान गर्न सरकारसँग आग्रह गरे।

आरोहणमा मृत्यु भएका नेपालीप्रति दुःख

सदस्य रुक्मिणी कोइरालाले पाकिस्तानमा हिमाल आरोहणका क्रममा निधन भएका निर्मल पुर्जासहित छ नेपाली तथा अन्य तीन जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरिन्।

सदस्य रेनु चन्दले कञ्चनपुरका आरक्षपीडितको समस्या समाधानका लागि पटक–पटक आयोग गठन भए पनि समस्या समाधान हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

घरभाडा नीति बनाउन माग

सदस्य विष्णुकुमारी सापकोटाले काठमाडौं उपत्यकामा घर तथा कोठा भाडासम्बन्धी स्पष्ट नीति बनाउन माग गरिन्। उनले घर तथा डेराको भाडा निर्धारणका लागि आवश्यक व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन्।

त्यस्तै, सदस्य विष्णुबहादुर विश्वकर्माले कालिकोटको नरहरिनाथ गाउँपालिकाका स्थानीयवासीलाई बुधबार विनाकारण धरपकड गरिएको भन्दै आपत्ति जनाए। उनले घटनाबारे छानबिन गरी आवश्यक कदम चाल्न सरकारसँग माग गरे।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

साढे ५ महिनापछि स्वदेश फर्किए देउवा, विमानस्थलबाटै समर्थकको ‘रोड शो’

धरानका तत्कालीन प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

साढे ५ महिनापछि स्वदेश फर्किए देउवा, विमानस्थलबाटै समर्थकको ‘रोड शो’

Eurovision Song Contest Updates Rules, Barring Countries at War From Hosting

स्मार्ट टेलिकमको ६ अर्ब ऋण विवादमा एनआईएमबी बैंकका सीईओको स्पष्टीकरण

Europe Braces for Intense Heatwave Affecting Over 135 Million

धरानका तत्कालीन प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu