सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाँच बोरा प्रतिबन्धित रातो जङ्गली च्याउसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जुम्लाको सिँजा गाउँपालिका–५ घर भई हाल सुर्खेत बस्दै आएकी चन्द्राकली बुढा रहेकी छन्। उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।
सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै गरेको बसलाई सुब्बाकुना चेकपोस्टमा जाँच गर्ने क्रममा बसको डिक्कीमा लुकाएर राखिएको अवस्थामा पाँच बोरा रातो जङ्गली च्याउ फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराका अनुसार बरामद च्याउको तौल ७४ किलो रहेको छ।
बुढामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्