ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुद्दा परे पनि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटिलता नरहेको राष्ट्र बैंकको भनाइ


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ५ : ०५   बजे

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भए पनि बैंकको दैनिक कार्यसञ्चालनमा कुनै जटिलता नरहेको जनाएको छ।

बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध अभियोगपत्र दायर भएको विषयमा धारणा सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंकको सञ्चालन अवस्थाबारे निरन्तर अनुगमन भइरहेको जनाएको हो।

राष्ट्र बैंकका अनुसार विद्यमान कानुनी व्यवस्थाका विषयमा आवश्यक राय–सुझाव लिने तथा सम्बन्धित पक्षसँग छलफल गर्ने काम भइरहेको छ। साथै, बैंकको तरलता अवस्था तथा वित्तीय सबलतासम्बन्धी परिसूचकहरू तोकिएको मापदण्डअनुसार सन्तोषजनक रहेको राष्ट्र बैंकले स्पष्ट पारेको छ।

बैंकको दैनिक कार्य सञ्चालनमा कुनै पनि प्रकारको जटिलता उत्पन्न हुने अवस्था हालसम्म नदेखिएको राष्ट्र बैंकको भनाइ छ।

राष्ट्र बैंकले कानुनबमोजिम सञ्चालक समिति, उच्च व्यवस्थापन तथा बैंक सञ्चालनका सम्बन्धमा आवश्यक उपाय अवलम्बन गरिने जनाएको छ।

 

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस एकता गराउन देउवाले भूमिका खेल्नुपर्छ : कान्छाराम तामाङ

कृषि समिति बैठकमा मन्त्री र सचिवको अनिवार्य उपस्थितिको माग

सम्बन्धित

आफ्नै आम्दानीले देश बनाउने गरी बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

नाइट्रोफ्युरानको अवशेष भेटिएपछि म्याकडोनाल्ड्सले ‘इबी बर्गर’ हटायो

उत्तरप्रदेश मुख्यमन्त्री योगीसँग व्यवसायी ढकालको भेट

ललिता निवास जग्गा प्रकरण: पूर्वप्रधानमन्त्री नेपाल, भट्टराईसँग सर्वोच्चको जवाफ माग

स्मार्ट टेलिकमको ६ अर्ब ऋण विवादमा एनआईएमबी बैंकका सीईओको स्पष्टीकरण

सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu