ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उद्यमशीलता र नवप्रवर्तन प्रवद्र्धन गर्न चेम्बर र बागमती विश्वविद्यालयबीच पाँच वर्षे सम्झौता


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ५ : ४५   बजे

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच उद्यमशीलता विकास, नवप्रवर्तन प्रवद्र्धन, सीप विकास तथा उद्योग–शैक्षिक सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले पाँच वर्षे समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले हस्ताक्षर गरेका छन् ।

सम्झौतामार्फत दुवै संस्थाले शैक्षिक क्षेत्र, उद्योग, स्टार्टअप, लगानी समुदाय तथा नीतिनिर्माताबीच समन्वयात्मक वातावरण निर्माण गरी उद्यमशीलता, व्यावसायिक विकास, नवप्रवर्तन क्षमता अभिवृद्धि र संस्थागत उत्कृष्टताका क्षेत्रमा दीर्घकालीन सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

समझदारीअनुसार विशेष तालिम तथा कार्यकारी शिक्षा कार्यक्रम सञ्चालन, क्षमता अभिवृद्धि, स्टार्टअप तथा नवप्रवर्तन प्रवद्र्धन, लगानी प्रोत्साहन, रणनीतिक नेटवर्किङ, अनुसन्धान तथा नीतिगत अध्ययन, ज्ञान आदानप्रदान र भविष्यकेन्द्रित शैक्षिक कार्यक्रम विकासमा संयुक्त रूपमा काम गरिनेछ ।

सहकार्यको दायरा

नेपाल चेम्बर अफ कमर्सले आफ्ना सदस्य तथा सरोकारवालाको तालिम आवश्यकता पहिचान गर्ने, संयुक्त कार्यक्रमहरूमा सहभागिता बढाउने तथा व्यवसायिक वातावरणसँग सम्बन्धित कार्यक्रम सञ्चालनमा सहकार्य गर्नेछ ।

चेम्बरले बागमती विश्वविद्यालयका विद्यार्थीका लागि इन्टर्नशिप तथा रोजगारी सहयोग केन्द्र स्थापना गर्न सहयोग गर्नेछ । साथै, अनुसन्धान कोष तथा छात्रवृत्ति सहयोग कार्यक्रम स्थापना गर्ने र उद्योग क्षेत्रका अनुभवी व्यवसायिक नेतृत्वलाई विश्वविद्यालयमा अतिथि वक्ताका रूपमा जोड्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी, बागमती विश्वविद्यालयले शैक्षिक विशेषज्ञता उपलब्ध गराउने, तालिम तथा कार्यकारी शिक्षा कार्यक्रम सञ्चालन गर्ने, स्टार्टअप तथा नवप्रवर्तनका लागि परामर्श र मार्गदर्शन प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

विश्वविद्यालयले उद्योग–शिक्षा सहकार्यमा आधारित अनुसन्धानलाई प्रोत्साहन गर्ने तथा सेमिनार, नीति संवाद र सम्मेलन आयोजना गर्नेछ ।

समझदारीपत्र हस्ताक्षर भएको मितिदेखि पाँच वर्षसम्म लागू हुनेछ । दुवै पक्षको सहमतिमा यसको अवधि थप गर्न सकिने व्यवस्था गरिएको छ ।

‘रोजगारी खोज्ने होइन, सिर्जना गर्ने जनशक्ति आवश्यक’

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले समयको आवश्यकता अनुरूप विश्वविद्यालयले परम्परागत शिक्षा प्रणालीभन्दा बाहिर निस्केर उद्यमशीलता र नवप्रवर्तनमा केन्द्रित हुनुपर्ने बताए ।

उनले विश्वविद्यालयको उद्देश्य रोजगारी खोज्ने जनशक्ति उत्पादनमा मात्र सीमित नभई रोजगारी सिर्जना गर्न सक्ने उद्यमी तथा नेतृत्वकर्ता तयार गर्नु हुनुपर्ने बताए ।

‘विश्वविद्यालयहरूको मुख्य उद्देश्य केवल रोजगारी खोज्ने जनशक्ति उत्पादन गर्नु होइन, रोजगारी सिर्जना गर्ने उद्यमी र नेतृत्वकर्ता तयार गर्नु हो । आजको विश्वमा ज्ञान मात्र पर्याप्त छैन, त्यसलाई व्यवसाय, उद्योग र नवप्रवर्तनसँग जोड्न सक्ने क्षमता आवश्यक छ,’ उनले भने ।

अध्यक्ष अग्रवालले उद्योग र शिक्षाबीचको दूरी घटाउन यस्ता सहकार्य महत्वपूर्ण हुने उल्लेख गर्दै विश्वविद्यालयबाट उत्पादन हुने जनशक्ति बजारको वास्तविक आवश्यकताअनुसार दक्ष हुनुपर्ने बताए ।

बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले विश्वविद्यालयले शिक्षा र उद्योगबीचको सम्बन्धलाई व्यावहारिक रूपमा जोड्ने अवधारणाअनुसार अघि बढिरहेको बताए ।

नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यले विद्यार्थीलाई उद्योगसँग प्रत्यक्ष जोड्नुका साथै अनुसन्धानलाई व्यवहारिक बनाउन र स्टार्टअप तथा नवप्रवर्तनका नयाँ अवसर सिर्जना गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपालको परराष्ट्र नीतिको पहिलो प्राथमिकता राष्ट्रिय हित हुनुपर्छ : शंकर पोखरेल

दलित समुदायसँग माफी माग्ने विषय सरकारको प्राथमिकतामा : कानुनमन्त्री गौतम

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नेपालको परराष्ट्र नीतिको पहिलो प्राथमिकता राष्ट्रिय हित हुनुपर्छ : शंकर पोखरेल

China’s National Carbon Market Surpasses 930 Million Tonnes in Trading Volume

Xi Jinping Champions Preservation of Mogao Grottoes and China’s Cultural Heritage

China Announces New Air Quality Plan with Stricter Standards

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा, नयाँ सरकार गठनको बाटो खुल्यो

दलित समुदायसँग माफी माग्ने विषय सरकारको प्राथमिकतामा : कानुनमन्त्री गौतम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu