काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे पाँच महिनाको विदेश बसाइपछि बिहीबार स्वदेश फर्किएका छन् ।
देउवा स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कांग्रेसको संस्थापन इतर पक्षका नेता–कार्यकर्ताले उनलाई स्वागत गरेका थिए । उनको स्वागतका लागि इतर पक्षका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो । कांग्रेस सभापति गगन थापा पक्षका केही नेतासमेत विमानस्थलमा देखिएका थिए ।
देउवा विमानस्थलबाट बाहिरिने क्रममा समर्थकले नाराबाजीसहित स्वागत गरेका थिए । विमानस्थल परिसरमा सुरक्षा व्यवस्था पनि कडा पारिएको थियो ।
स्वागतपछि देउवा कारको सनरुफबाट आधा शरीर बाहिर निकालेर समर्थकलाई हात हल्लाउँदै विमानस्थलबाट बाहिरिएका थिए । त्यस क्रममा सयौँ समर्थकले उनको गाडीलाई पछ्याएका थिए ।
विमानस्थलबाट देउवालाई समर्थकले स्कर्टिङ गर्दै महाराजगञ्जस्थित उनको अस्थायी निवासतर्फ लगेका थिए । देउवाको बूढानीलकण्ठस्थित निवास गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको थियो । उक्त घटनामा देउवा दम्पतीसमेत घाइते भएका थिए ।
देउवाको स्वागतमा देखिएको भीडले केही समयअघि पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट फर्किँदा भएको स्वागतको समेत स्मरण गराएको थियो । यद्यपि, त्यसबेलाको तुलनामा देउवाको स्वागतमा सहभागीको संख्या कम देखिएको थियो ।
स्वागतमा दुवै पक्षका नेता–कार्यकर्ता
देउवालाई स्वागत गर्न कांग्रेसको संस्थापन इतर पक्षका नेता–कार्यकर्ता ठूलो संख्यामा विमानस्थल पुगेका थिए । कांग्रेसको आधिकारिक पक्षका केही नेता तथा कार्यकर्तासमेत विमानस्थलमा उपस्थित थिए ।
सुरक्षाकर्मीले विमानस्थल परिसरमा आवश्यक सुरक्षा व्यवस्था मिलाएका थिए । देउवाको आगमनसँगै विमानस्थलदेखि महाराजगञ्जसम्मको सडकमा समर्थकको भीड देखिएको थियो ।
सनरुफबाट हात हल्लाउँदै देउवा
विमानस्थलबाट महाराजगञ्जतर्फ जाने क्रममा देउवा कारको सनरुफबाट आधा शरीर बाहिर निकालेर समर्थकलाई हात हल्लाउँदै अघि बढेका थिए ।
उनको गाडीलाई समर्थकले स्कर्टिङ गरेका थिए । देउवाको यो दृश्य सामाजिक सञ्जालमा समेत चर्चाको विषय बनेको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्