ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ऊर्जा उद्यमी गणेश कार्की ऊर्जामन्त्री श्रेष्ठको निजी क्षेत्रतर्फका सल्लाहकार नियुक्त


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ७ : २५   बजे

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा उद्यमी गणेश कार्कीलाई निजी क्षेत्रतर्फको सल्लाहकार नियुक्त गरेका छन्। मन्त्री श्रेष्ठले बिहीबार कार्कीलाई सल्लाहकारमा नियुक्त गरेका हुन्।

कार्की स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का निवर्तमान अध्यक्ष हुन्। विद्युत् उत्पादनमा निजी क्षेत्रको भूमिका बढ्दै गएसँगै निजी क्षेत्रले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए), विद्युत् व्यापारलगायतका विषयमा सरकारसँग विभिन्न माग राख्दै आएको छ।

निजी क्षेत्रले उठाउँदै आएका विषयलाई सरकारसम्म प्रभावकारी रूपमा पुर्‍याउन तथा ऊर्जा क्षेत्रमा सरकार र निजी क्षेत्रबीच सहकार्य थप मजबुत बनाउन कार्कीको नियुक्ति महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

निजी क्षेत्रसँग समन्वयमा जोड

निजी क्षेत्रका सक्रिय ऊर्जा उद्यमीलाई सल्लाहकारको जिम्मेवारी दिइएपछि सरकारसँगको समन्वय थप प्रभावकारी हुने निजी क्षेत्रको अपेक्षा छ।

कार्कीले ऊर्जा क्षेत्रमा निजी क्षेत्रका समस्या, अवसर र नीतिगत विषयमा मन्त्रीलाई सुझाव दिने तथा सरकार र ऊर्जा उद्यमीबीच समन्वयमा सहजीकरण गर्ने जिम्मेवारी पाउनेछन्।

नेपालको विद्युत् उत्पादनमा निजी क्षेत्रको लगानी विस्तार भइरहेका बेला विद्युत् व्यापार, प्रसारण पूर्वाधार, पीपीए तथा लगानीमैत्री नीतिका विषयमा सरकारसँग सहकार्य बढाउने अवसरका रूपमा उनको नियुक्तिलाई हेरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपालको परराष्ट्र नीतिको पहिलो प्राथमिकता राष्ट्रिय हित हुनुपर्छ : शंकर पोखरेल

दलित समुदायसँग माफी माग्ने विषय सरकारको प्राथमिकतामा : कानुनमन्त्री गौतम

सम्बन्धित

देउवा फर्केपछि रामहरि खतिवडाले भने– अब पार्टीमा मिलेर जाने वातावरण बन्छ

आफ्नै आम्दानीले देश बनाउने गरी बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

नाइट्रोफ्युरानको अवशेष भेटिएपछि म्याकडोनाल्ड्सले ‘इबी बर्गर’ हटायो

उत्तरप्रदेश मुख्यमन्त्री योगीसँग व्यवसायी ढकालको भेट

ललिता निवास जग्गा प्रकरण: पूर्वप्रधानमन्त्री नेपाल, भट्टराईसँग सर्वोच्चको जवाफ माग

स्मार्ट टेलिकमको ६ अर्ब ऋण विवादमा एनआईएमबी बैंकका सीईओको स्पष्टीकरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu