ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकार किशोर श्रेष्ठको घरमा पुनः प्रहरीको खानतलासी, सीसी क्यामरा डिभाइस बरामद


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   ११ : ४५   बजे

काठमाडौं । प्रहरीले पत्रकार किशोर श्रेष्ठको काठमाडौंस्थित घरमा पुनः खानतलासी गरेको छ। प्रहरी टोलीले केहीबेरअघि श्रेष्ठको निवासमा पुगेर खानतलासी गर्नुका साथै सीसी क्यामरासँग सम्बन्धित स्टोरेज डिभाइसहरू बरामद गरेको उनकी पत्नी सरस्वती श्रेष्ठले बताएकी छन्।

सरस्वतीका अनुसार प्रहरी टोलीले घरमा रहेको सीसी क्यामराको डिभाइस तथा स्टोरेज सामग्री नियन्त्रणमा लिएर गएको हो। खानतलासीको कारण र बरामद सामग्रीबारे प्रहरीले तत्काल विस्तृत जानकारी दिएको छैन।

जनआस्था साप्ताहिकका सम्पादक श्रेष्ठलाई प्रहरीले बुधबार साँझ ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो। पक्राउपछि प्रहरीले श्रेष्ठको निवास तथा धोबीघाटस्थित जनआस्था कार्यालयमा समेत खानतलासी गरेको थियो।

त्यसक्रममा प्रहरीले कम्प्युटर, सीपीयू तथा अन्य विद्युतीय उपकरण नियन्त्रणमा लिएको थियो। अहिले पुनः घरमा खानतलासी गरेर सीसी क्यामराका स्टोरेज डिभाइस बरामद गरिएपछि प्रहरी अनुसन्धानको दायरा थप विस्तार भएको देखिएको छ।

श्रेष्ठलाई प्रहरीले वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा पक्राउ गरेको जनाएको छ। यद्यपि, उनीमाथि लागेको आरोप र अनुसन्धानको विस्तृत विवरण प्रहरीले सार्वजनिक गरेको छैन।

यसैबीच श्रेष्ठलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी सरस्वती श्रेष्ठले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी छन्। रिटमाथि शुक्रबार सुनुवाइ हुँदैछ।

यसअघि काठमाडौं जिल्ला अदालतले बिहीबार प्रहरीको मागअनुसार श्रेष्ठलाई थप अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

श्रेष्ठको पक्राउ र त्यसपछि भएको खानतलासीको विरोधमा पत्रकार तथा सञ्चारसम्बद्ध संघ–संस्थाले भने प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषय उठाउँदै आएका छन्। नेपाल पत्रकार महासंघले समेत काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिँदै श्रेष्ठको तत्काल रिहाइको माग गरेको थियो।

अब सर्वोच्च अदालतमा हुने बन्दीप्रत्यक्षीकरणसम्बन्धी सुनुवाइसँगै श्रेष्ठको हिरासत र प्रहरी अनुसन्धानको कानुनी आधारबारे थप स्पष्टता आउने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शशांक कोइराला : ‘हाम्रो सभापति शेरबहादुर देउवा नै हो, उहाँकै नेतृत्वमा कांग्रेस अघि बढ्छ’

रोल्पाको बाढी–पहिरोबारे प्रधानमन्त्रीलाई भेटेर वर्षमान पुनले गराए उद्धार, राहत र पुनर्निर्माणमा ध्यानाकर्षण

सम्बन्धित

गाडी किन्न सहज कर्जा, उद्योग खोल्न कठिन : बैंकिङ प्रणालीको पैसाको गन्तव्य कहाँ ?

देशभर सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ११७ जना घाइते

ग्यासको लाइन लम्बिँदा स्वदेशी बिजुलीमा भ्याटको विरोध, ऊर्जा नीतिमाथि प्रश्न

कृष्ण मन्दिरमा भक्तजन

अरौदी खोलाले मोटरसाइकलसहित दुई जनालाई बगायो, एक जना बेपत्ता

जेनजी आन्दोलनमा सहभागी भएकै आधारमा थुनामा परेकालाई छाड्न रास्वपा सांसद बानुको माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu