ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानमाथि थप कडा आर्थिक कदम चाल्ने अमेरिकाको चेतावनी


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   २ : १५   बजे

काठमाडौं। अमेरिकाले इरानमाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएको छ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानले विश्वले यसअघि कहिल्यै नदेखेको स्तरको ‘आर्थिक एकान्तवास’ सामना गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन्।

अमेरिकी च्यानल ‘न्युजम्याक्स’सँगको कुराकानीमा बेसेन्टले इरानमाथि नयाँ प्रतिबन्ध तथा अन्य आर्थिक उपाय आगामी साता घोषणा हुन सक्ने बताए।

उनका अनुसार अमेरिकी रणनीति दुई तहमा अघि बढ्नेछ। पहिलो चरणमा इरानमाथि वित्तीय दबाब बढाइनेछ भने दोस्रो चरणमा इरानी बन्दरगाहमा प्रभावकारी रोक लगाउने दिशामा कदम चालिनेछ।

होर्मुज जलमार्गमा जारी नाकाबन्दीका कारण इरानी बन्दरगाहबाट हुने वस्तुको ओसारपसार प्रभावित हुने र त्यसले इरानको अर्थतन्त्रमा थप दबाब सिर्जना गर्ने बेसेन्टको भनाइ छ।

तेलको मूल्य घटाउनु अमेरिकाको प्राथमिकता

यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँग जारी तनावका बीच अमेरिकाको पहिलो प्राथमिकता घरेलु बजारमा तेल र पेट्रोलको मूल्य कम राख्नु रहेको बताएका छन्।

उनका अनुसार इरानलाई परमाणु हतियार प्राप्त गर्नबाट रोक्नु अमेरिकाको दोस्रो प्राथमिकता हो।

अघिल्लो अडानभन्दा फरक धारणा

बेसेन्टको पछिल्लो अभिव्यक्ति अगस्ट ४ मा व्यक्त उनको अघिल्लो धारणाभन्दा फरक देखिएको छ।

त्यतिबेला उनले होर्मुज जलमार्ग पुनः खोल्ने विषयमा इरानसँग केही दिनभित्रै सम्झौता हुन सक्ने बताएका थिए। उनको उक्त अभिव्यक्तिपछि वालस्ट्रिटमा तीव्र गतिविधि देखिँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यसमेत घटेको थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चुनावपछि पहिलोपटक झापा जाँदै ओली, बालेनसँगको पराजयपछि गृहजिल्ला फर्किँदै

दुई महिनामै फुटे धवलशम्शेर र दुर्गा प्रसाईं, ‘जय नेपाल पार्टी’ अलग–अलग बाटोमा

सम्बन्धित

ट्रम्पको कार्यकाल सकिएसम्म युद्ध लम्ब्याउने संकेत, ‘अमेरिकालाई थकाउने’ इरानको रणनीति

उत्तराखण्डको निर्माणाधीन सुरुङमा पहिरो, सात कामदारको मृत्यु, तीन बेपत्ता

पुटिनको कुरिल भ्रमणपछि जापानको सार्वभौमिकताको पक्षमा उभियो अमेरिका

इजरायली सेनाले वेस्ट बैंकका प्यालेस्टिनीलाई घर खाली गर्न आदेश दियो

होर्मुज संकटपछि खाडी मुलुक वैकल्पिक तेल मार्गको खोजीमा

इरानमा प्रदर्शनकारीलाई मृत्युदण्ड दिएको भन्दै ३० भन्दा बढी देशको निन्दा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu