ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मानव अधिकार आयोगका ५२.६० प्रतिशत सिफारिस कार्यान्वयन भएनन्


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   २ : १५   बजे

काठमाडौं, ३० साउन । राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई गरेका सिफारिसमध्ये ५२.६० प्रतिशत अझै कार्यान्वयन हुन नसकेको जनाएको छ।

संघीय संसद्को संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबारको बैठकमा आयोगका अध्यक्ष तपबहादुर मगरले आयोग स्थापनादेखि हालसम्म गरिएका सिफारिसको कार्यान्वयन अवस्था सन्तोषजनक नरहेको बताएका हुन्।

अध्यक्ष मगरका अनुसार आयोगका कुल सिफारिसमध्ये १३.९ प्रतिशत मात्र पूर्ण रूपमा कार्यान्वयन भएका छन्। ३४.१२ प्रतिशत सिफारिस आंशिक रूपमा कार्यान्वयन भएका छन् भने ५२.६० प्रतिशत कार्यान्वयन हुन बाँकी छन्।

आयोगमा हालसम्म करिब १४ हजार उजुरी परेको र तीमध्ये ८० प्रतिशत द्वन्द्वकालीन घटनासँग सम्बन्धित रहेको उनले जानकारी दिए।

क्षतिपूर्ति वितरणमा समस्या

अध्यक्ष मगरले आयोगका सिफारिस कार्यान्वयनका लागि सरकारलाई पटक–पटक आग्रह गरिए पनि अपेक्षित प्रगति हुन नसकेको बताए।

‘हामीले सरकारलाई सिफारिस कार्यान्वयनका लागि निरन्तर आग्रह गरिरहेका छौँ। प्रधानमन्त्रीज्यूले हुन्छ भन्नुहुन्छ, तर कार्यान्वयनको पाटो अझै फितलो छ,’ उनले भने।

आयोगले सिफारिस गरेका पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने कामसमेत प्रभावकारी हुन नसकेको उनको भनाइ छ।

आयोगका अनुसार पीडितलाई वितरण गर्नुपर्ने कुल ३३ करोड रुपैयाँ क्षतिपूर्तिमध्ये हालसम्म १० करोड रुपैयाँ मात्र वितरण भएको छ। अझै २३ करोड रुपैयाँ वितरण गर्न बाँकी छ।

क्षतिपूर्ति वितरणमा देखिएका कानुनी, प्राविधिक तथा कार्यविधिगत समस्या समाधान गर्न साउन २६ गते प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयका सचिवसँग छलफल गरिएको अध्यक्ष मगरले बताए।

उनका अनुसार छलफलमा प्रधानमन्त्री कार्यालयका सचिवले समस्या समाधान गरी आगामी भदौ मसान्तभित्र बाँकी क्षतिपूर्ति रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

आयोगले आफ्ना प्रतिवेदन तथा सिफारिसको प्रभावकारी कार्यान्वयनका लागि यसअघि कानुन, न्याय तथा मानव अधिकार समितिमा समेत विवरण बुझाइसकेको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चुनावपछि पहिलोपटक झापा जाँदै ओली, बालेनसँगको पराजयपछि गृहजिल्ला फर्किँदै

दुई महिनामै फुटे धवलशम्शेर र दुर्गा प्रसाईं, ‘जय नेपाल पार्टी’ अलग–अलग बाटोमा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Serbia Grapples With Political Crossroads One Year After Student Protests

Explosion at Italian Ammo Plant Supplying Ukraine

Israel Expresses Concern Over Rapid Iranian Military Recovery

Kenyan Victims Demand Accountability Before UK Defense Deal Renewal

White House Accuses Over 40 Nations of Facilitating Tariff Evasion

White House Report Accuses India of Aiding China in Tariff Evasion

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu