ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खगराज भट्ट : भूमिगत राजनीतिदेखि सुदूरपश्चिमको मुख्यमन्त्रीसम्म


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   ३ : २५   बजे

धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्ट नेपाली राजनीतिमा लामो राजनीतिक संघर्ष र संगठनात्मक अनुभव बोकेको नाम हो। भूमिगत राजनीतिदेखि संसदीय अभ्यास हुँदै उनी अहिले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्ने जिम्मेवारीमा पुगेका छन्।

भट्ट हाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता हुन्। विसं २०७९ को प्रदेशसभा निर्वाचनमा उनी डडेल्धुरा प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए।

डडेल्धुराको अजयमेरु गाउँपालिका–४ चौडीमा विसं २०३१ पुस २ गते रामदत्त भट्ट र गोमतीदेवी भट्टका सन्तानका रूपमा जन्मिएका भट्टको बाल्यकाल र प्रारम्भिक शिक्षा डडेल्धुरामै बित्यो। उनको शैक्षिक योग्यता आईएल तहसम्मको छ।

भट्टले विसं २०४७ मा तत्कालीन नेकपा एकता केन्द्रको सदस्यता लिएर औपचारिक राजनीतिक यात्रा सुरु गरेका थिए। विसं २०५० असोजदेखि उनी पार्टीको पूर्णकालीन सदस्य बने। सोही वर्ष कात्तिकमा उनले नेकपा एकता केन्द्रको डडेल्धुरा जिल्ला सदस्यको जिम्मेवारी सम्हाले।

राजनीतिक गतिविधिमा सक्रिय रहेकै क्रममा विसं २०५२ फागुन २४ गते अमरगढी नगरपालिका–३ बाट ‘राज्यविरुद्ध अपराध’सम्बन्धी मुद्दामा पक्राउ परेका भट्टले विसं २०५३ पुस ८ गतेसम्म जेल जीवन बिताए।

त्यसपछि तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका क्रममा उनी लामो समय भूमिगत राजनीतिमा सक्रिय रहे। विसं २०५८ साउनमा उनी नेकपा माओवादीको डडेल्धुरा जिल्ला सेक्रेटरी बने। त्यसपछि २०५९ पुसमा दार्चुला र बैतडी जिल्ला इन्चार्जको जिम्मेवारी पाए।

विसं २०६० मा माओवादीको केन्द्रीय सदस्य बनेका भट्टले २०६४ मा सेती–महाकाली राज्य समितिको सचिवको जिम्मेवारी सम्हाले। यसरी संगठनका विभिन्न तहमा काम गर्दै उनले सुदूरपश्चिममा आफ्नो राजनीतिक आधार निर्माण गरेका थिए।

नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएपछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा भट्टले विसं २०७६ मा सुदूरपश्चिम प्रदेश सहइन्चार्जको जिम्मेवारी पाए। नेकपा विभाजनपछि विसं २०७८ मा उनी माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश इन्चार्ज बने। विसं २०८० मा उनले पार्टीको स्थायी समिति सदस्यको जिम्मेवारीसमेत पाए।

भट्टको संसदीय यात्रा भने लामो समयदेखि चलिरहेको छ। डडेल्धुराबाट उनले विसं २०६४ र २०७० मा संविधानसभा निर्वाचन तथा २०७४ मा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका थिए। ती निर्वाचनमा उनी नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका निकटतम प्रतिद्वन्द्वी बने।

तर निर्णायक राजनीतिक सफलता उनले विसं २०७९ को प्रदेशसभा निर्वाचनमा हासिल गरे। कांग्रेस र माओवादी केन्द्रबीचको गठबन्धनबाट उम्मेदवार बनेका भट्ट डडेल्धुरा प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित भए।

प्रदेशसभामा प्रवेश गरेपछि उनको राजनीतिक भूमिका प्रदेशमै केन्द्रित भयो। विसं २०८० मा उनी तत्कालीन नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता बने। यसअघि पनि मुख्यमन्त्री बन्ने राजनीतिक चर्चा चले पनि त्यो अवसर उनलाई प्राप्त भएको थिएन।

अब भने लामो राजनीतिक यात्रापछि भट्ट सुदूरपश्चिम सरकारको नेतृत्वमा पुगेका छन्। मुख्यमन्त्रीका रूपमा उनले प्रदेशको विकास, सुशासन र जनताको अपेक्षा सम्बोधन गर्ने चुनौती सामना गर्नुपर्नेछ।

भट्टले आफ्नो राजनीतिक यात्रामा सुशासन, सामाजिक न्याय र विकासलाई प्राथमिकतामा राख्दै आएका छन्। कृषि, पर्यटन, जलस्रोत, शिक्षा, स्वास्थ्य तथा खेलकुदलाई प्रदेशको आर्थिक तथा सामाजिक विकाससँग जोडेर अघि बढाउनुपर्ने उनको धारणा रहँदै आएको छ।

सुदूरपश्चिम जलस्रोत, कृषि, पर्यटन तथा प्राकृतिक सम्पदाका दृष्टिले सम्भावनायुक्त प्रदेश भए पनि पूर्वाधारको कमजोरी, रोजगारीको अभाव, स्वास्थ्य तथा शिक्षा सेवाको पहुँच र दुर्गम भूगोल यहाँका प्रमुख चुनौती हुन्। मुख्यमन्त्रीका रूपमा भट्टले यी चुनौतीलाई नीतिगत प्राथमिकतामा कसरी रूपान्तरण गर्छन् भन्ने नै उनको नेतृत्वको मुख्य परीक्षा हुनेछ।

लामो समय संगठन निर्माण, भूमिगत राजनीति र संसदीय अभ्यासमा बिताएका भट्टसँग राजनीतिक अनुभवको कमी छैन। तर पार्टी संगठनको नेतृत्व गर्नु र प्रदेश सरकारको नेतृत्व गर्नु फरक जिम्मेवारी हो।

अब उनको वास्तविक परीक्षा राजनीतिक संघर्षको अनुभवलाई प्रभावकारी शासन, विकासको परिणाम र नागरिकको प्रत्यक्ष अनुभूतिमा रूपान्तरण गर्न सक्ने क्षमतामा हुनेछ।

लामो प्रतीक्षापछि प्राप्त मुख्यमन्त्रीको जिम्मेवारीलाई उनले सुदूरपश्चिमको विकास र जनअपेक्षा पूरा गर्ने अवसरमा बदल्न सक्छन् कि सक्दैनन् भन्ने विषयले आगामी दिनमा उनको राजनीतिक मूल्यांकन निर्धारण गर्नेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसलाई एकताबद्ध बनाउन राष्ट्रिय भेलामा सहभागी भएका हौँ : गोमा भट्टराई

नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आज काठमाडौँको सुकेधारामा सुरु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Rolpa Landslides Prompt Calls for Government Aid

Nepal Minister Urges Focus on Expanding Telecommunication Access and Quality

Nepal Forms Committee to Implement Agreement with ‘Gen Z’ Movement Families

रोल्पा पहिरोपीडितको निःशुल्क उपचार र पुनर्स्थापनाको व्यवस्था गर्न नेकपाको माग

कांग्रेसलाई एकताबद्ध बनाउन राष्ट्रिय भेलामा सहभागी भएका हौँ : गोमा भट्टराई

नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आज काठमाडौँको सुकेधारामा सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu