ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुरु बराल : ‘विशेष महाधिवेशनले पार्टीसँगै लोकतन्त्र र राष्ट्रियतालाई कमजोर बनायो’


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   ५ : २५   बजे

काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर पक्षका नेता गुरु बरालले विशेष महाधिवेशनले पार्टीलाई सुदृढ बनाउनुको साटो लोकतन्त्र र राष्ट्रियतालाई समेत कमजोर बनाएको आरोप लगाएका छन्।

शुक्रबार संस्थापनइतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै बरालले विशेष महाधिवेशनको प्रक्रिया र त्यसबाट उत्पन्न राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाएका हुन्।

उनले विशेष महाधिवेशनले कांग्रेसभित्रको आन्तरिक समस्या समाधान गर्नुको साटो पार्टीलाई थप विभाजित बनाएको र त्यसको असर लोकतान्त्रिक मूल्य तथा राष्ट्रिय हितमा समेत परेको दाबी गरे।

“विशेष महाधिवेशनले पार्टीलाई होइन, लोकतन्त्र र राष्ट्रियतालाई नै धरासायी बनायो,” बरालले भने।

सर्वोच्चमा पुनरावलोकनको आधार

बरालले लोकतन्त्रमा खतरा बढेको महसुस भएकै कारण विशेष महाधिवेशनको विषयलाई लिएर सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दायर गरिएको बताए।

उनका अनुसार विशेष महाधिवेशनको प्रक्रियाबाट उत्पन्न विवादलाई केवल पार्टीभित्रको नेतृत्व संघर्षका रूपमा मात्र हेर्न नहुने भन्दै पार्टी, लोकतन्त्र र राष्ट्रियताको हितमा गम्भीरतापूर्वक समीक्षा आवश्यक रहेको छ।

उनले विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरूलाई समेत विभाजनको बाटो त्यागेर एकै ठाउँमा आउन आग्रह गरे।

‘आत्मालोचना गर्दै संवादमा आउनुस्’

बरालले विशेष महाधिवेशन पक्षधर नेताहरूलाई संयमित भएर आत्मालोचना गर्न सुझाव दिए। पार्टीभित्रको विवादलाई थप चर्काएर कांग्रेसलाई कमजोर बनाउनेभन्दा संवाद र सहमतिबाट समाधान खोज्नुपर्ने उनको भनाइ थियो।

उनले कांग्रेसको आन्तरिक विवादको असर पार्टीको संगठन र आगामी राजनीतिक भूमिकामा मात्र नभई देशको लोकतान्त्रिक प्रणालीमै पर्न सक्ने चेतावनी दिए।

बरालले पार्टीको एकता कायम गर्न सबै पक्षले आ–आफ्ना अडानमा पुनर्विचार गर्दै संवाद, सहमति र लोकतान्त्रिक विधिलाई केन्द्रमा राख्नुपर्नेबताए। विशेष महाधिवेशनपछि कांग्रेसभित्र देखिएको वैधानिकता र नेतृत्वसम्बन्धी विवाद समाधानका लागि राजनीतिक तथा कानुनी दुवै तहबाट पहल आवश्यक रहेको उनको संकेत थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘एसपीपीमा नेपाल सामरिक रूपमा जोडिन मिल्दैन’ : पूर्वमुख्यसचिव बैरागी

काठमाडौंमा २४ घण्टा ग्यास बिक्रीको तयारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

‘एसपीपीमा नेपाल सामरिक रूपमा जोडिन मिल्दैन’ : पूर्वमुख्यसचिव बैरागी

काठमाडौंमा २४ घण्टा ग्यास बिक्रीको तयारी

Israeli Forces Block Aid to Palestinian Families Besieged by Settlers

Netanyahu Calls UK ‘Islamic Republic of Britain,’ Escalating Tensions

Russia Reports Strikes on Ukrainian Danube Port of Izmail

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu