ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गरिब परिवारलाई सहयोग गर्दै समाजसेवी थापाले मनाए नयाँ वर्ष


admin
२ बैशाख २०७५, आइतबार   ९ : २०   बजे

सिन्धुली, २ वैशाख । नयाँ वर्षको पहिलो दिन सबैले केही न केही गरेर मनाउँछन् । कोही पिकनिक त कोही घुमफिर । तर समाजसेवी उज्वल विक्रम थापाले भने नयाँ वर्षको पहिलो दिन सेवामै बिताउनुभयो ।

विगत तीन वर्षयता निरन्तर समाजसेवामा सक्रिय थापाले २०७५ को पहिलो दिन एक गरिब परिवारलाई सहयोग गरेर सबैलाई शुभकामना दिनुभयो ।

सिन्धुलीको गोलञ्जोर गाउँपालिका वडा नं. ३ का विष्णु दमाईका परिवारसँग थापाले नयाँ वर्ष मनाउनुभएको हो । दमाइका दुई छोरा अपाङ्गता भएका र तीन छोरीहरुलाई सहयोग गर्दै उहाँले नयाँ वर्ष मनाउनुभयो ।

नयाँ वर्ष मनाउनका लागि दमाई परिवारको घरमा थापा विभिन्न लत्ताकपडा, खाद्यान्न, ओढ्ने ओछ्याउने सामग्रीसहित पुग्नुभएको थियो ।

नयाँ वर्ष मनाउनका लागि दमाईको घर पुगेका थापाले आफ्नो फेसबुक स्टाटस यस्तो लेख्नुभयो–

‘आज नयाँ बर्ष गोलन्जोर गाउपालिका वडा न ३ निवासी बिष्णु दमाई र वहाँ को २ अन्धा अपाङ्गता भएका छोरा हरु र ३ छोरी सग मनाउन पुगेका छौँ ।अति गरिब र पिडा भोगेका यो परिवार लाई लत्ताकपडा भाडाकुडा खाद्यान्न सहयोग गर्न हामी पुग्दा आँखा बाट आसु रोक्नु पर्ने अवस्था थियो।भगवान पनि कति निर्दयी हुन सकेको भन्ने जस्तो लाग्यो।
केही पल भए पनि हासो र मुस्कान बाड्न सकेको मा सम्पुर्ण सिन्धुली पुनर्निर्माण पुनःस्थापन टीम ले गर्व महसुस गरेका छौँ।
आफू भन्दा कम्जोर लाई सकेको सहयोग गर्ने हाम्रो अभियान जारी छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

सम्बन्धित

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu