ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नवलपुरमा एक महिनामै १७३ जना सर्पदंशबाट प्रभावित


ABC NEWS
१० भदौ २०८३, बुधबार   ९ : ३५   बजे

नवलपुर । चालु आर्थिक वर्षको पहिलो एक महिनामै नवलपुरमा सर्पदंशका १७३ नयाँ घटना फेला परेका छन् । प्रादेशिक जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईंका अनुसार विनयी त्रिवेणी गाउँपालिकामा सबैभन्दा बढी ८३ जना र कावासोती नगरपालिकामा ८१ जना सर्पदंशबाट प्रभावित भएका छन् ।

त्यस्तै, देवचुलीमा सात जना तथा बौदीकाली र बुलिङटारमा एक–एक जनालाई सर्पले डसेको छ । सर्पदंशका घटनामध्ये नौ जनालाई विषालु सर्पले डसेको पुष्टि भएको छ । अहिलेसम्म सर्पदंशका कारण कसैको पनि मृत्यु नभएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा नवलपुरमा सर्पदंशका ९७३ बिरामी उपचारका लागि आएका थिए । तीमध्ये ३७ जनालाई विषालु सर्पले डसेको पुष्टि भएको थियो ।

नवलपुर सर्पदंशको उच्च जोखिममा रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । सर्पबाहेक अन्य जनावरको टोकाइबाट समेत चालु आर्थिक वर्षको एक महिनामा एक हजार ४५ जना उपचारका लागि आएको कार्यालय प्रमुख चापागाईंले जानकारी दिए । उनीहरूको स्थानीय तहका अस्पतालमा उपचार भइरहेको छ । गम्भीर अवस्थाका बिरामीलाई मध्यविन्दु प्रादेशिक अस्पतालमा पठाउने गरिएको छ भने आवश्यक परे चितवनका अस्पतालमा रेफर गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रमेशप्रसाद आचार्यले बताए ।

अस्पतालमा सर्पदंशका बिरामीको संख्या दैनिकजसो बढिरहेको डा. आचार्यले बताए । वैशाखदेखि असोजसम्म सर्प बाहिर निस्कने र मानिसलाई डस्ने सम्भावना बढी हुने भएकाले यो अवधिमा विशेष सतर्कता अपनाउन उनले आग्रह गरे ।

सर्पले डसेमा बिरामीलाई तत्काल स्थिर राखेर आश्वस्त पार्नुपर्ने चिकित्सकको सुझाव छ । प्रभावित अंगलाई चलाउन नदिई स्थिर राख्नुपर्ने र बिरामीलाई हिँडाउन वा दौडाउन नहुने डा. आचार्यले बताए । हिँडडुल गर्दा विष शरीरभर फैलिन सक्ने भएकाले सकेसम्म कम चलाएर छिटो अस्पताल पुर्‍याउनुपर्ने उनको भनाइ छ ।

‘छिटो अस्पताल पुग्ने नाममा आफैँ मोटरसाइकल चलाउनु हुँदैन । अरूको सहारा लिएर सकेसम्म छिटो अस्पताल ल्याउनुपर्छ,’ डा. आचार्यले भने । सर्पले डसेपछि पानी पिउन वा पिलाउन नहुने तथा टोकेको स्थान सुन्निनुअघि औँठी, घडी र कसिलो कपडा हटाउनुपर्ने उनले सुझाव दिए ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवामा भीषण बाढीको कहर : स्याफ्रुबेँसी र टिमुरेमा ठूलो क्षति, उद्धारका लागि सरकार उच्च सतर्क

ह्वीप उल्लङ्घन गरेको आरोपमा सांसद अम्बिका काफ्लेलाई हटाउन जसपा नेपालको सिफारिस

सम्बन्धित

मधेसमा जापानीज इन्सेफ्लाइटिस बढ्दो, १९ संक्रमितमध्ये ६ जनाको मृत्यु

कृषि कर्जाको पहुँच विस्तार गर्नुपर्छ : मन्त्री चौधरी

बागमतीमा ‘डिजिटल हेल्थ’ सुरु, अस्पतालको सेवा विवरण अब रियल टाइममै हेर्न सकिने

बागलुङमा जथाभावी सडक खन्दा पहिरोको विपत्ति, दर्जनौँ घर जोखिममा

मलेसिया रोजगारीमा सिण्डिकेटको आरोपपछि तीन वैदेशिक रोजगार व्यवसायीले छाडे संघसंस्था

बीपी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu