ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सर्वसाधारणका लागि चाँडै खुल्ने


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ५ : ५५   बजे

काठमाडौँ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सर्वसाधारणका लागि चाँडै सञ्चालनमा आउने भएको छ। साउनको दोस्रो साता उद्घाटन गरिएको सुरुङमार्ग हाल एम्बुलेन्सलगायत आकस्मिक तथा आपत्कालीन सवारीसाधनका लागि मात्र खुला गरिएको छ।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका उपनिर्देशक इन्जिनियर सञ्जय पन्थीका अनुसार अहिले दैनिक १५० देखि २०० वटा आकस्मिक तथा आपत्कालीन सवारीसाधन सुरुङमार्ग हुँदै आवतजावत गरिरहेका छन्। त्यस्ता सवारीसाधनलाई निःशुल्क आवतजावतको व्यवस्था गरिएको छ।

सुरुङमार्ग सर्वसाधारणका लागि खुला गर्नुअघि अन्तिम चरणका सुरक्षा परीक्षण तथा आपत्कालीन अभ्यास भइरहेका छन्। पन्थीका अनुसार सुरुङभित्र आपत्कालीन उद्धार अभ्यास (मक ड्रिल) समेत सम्पन्न भइसकेको छ। अभ्यासमा काठमाडौँ महानगरपालिका, चन्द्रागिरि नगरपालिका, वारुणयन्त्र, सशस्त्र प्रहरी अस्पताल तथा सशस्त्र प्रहरी बलको डिजास्टर समूह सहभागी भएका थिए।

सुरुङभित्र आगलागी भएमा त्यसलाई नियन्त्रण गर्ने, यात्रुले भरिएको बसमा आगलागी हुँदा तत्काल उद्धार गर्ने तथा यात्रुको सुरक्षित व्यवस्थापन गर्ने विषयमा समेत अभ्यास गरिएको छ। ठूला सवारीसाधन दुर्घटना भएमा उद्धार गर्ने विषयमा थप अध्ययन र अभ्यास भइरहेको आयोजनाले जनाएको छ।

सञ्चालन योजना स्वीकृत भएपछि व्यावसायिक सञ्चालन

सुरुङमार्ग सञ्चालनको जिम्मेवारी पाएका कम्पनीहरूले अब ‘सुरुङमार्ग सञ्चालन योजना’ पेस गर्नेछन्। उक्त योजनाको आयोजनाले अध्ययन तथा मूल्याङ्कन गरेपछि स्वीकृति दिइनेछ। त्यसपछि सुरुङमार्ग चरणबद्ध रूपमा सर्वसाधारणका लागि व्यावसायिक सञ्चालनमा ल्याइनेछ।

सुरुआती चरणमा साना सवारीसाधनलाई मात्र सीमित गतिमा सुरुङमार्ग हुँदै आवतजावत गर्न अनुमति दिने तयारी गरिएको छ। सुरुङभित्र ठूला सवारीसाधन दुर्घटना भएमा उद्धार गर्ने पर्याप्त अभ्यास नभएकाले पहिलो चरणमा साना सवारीसाधनलाई प्राथमिकता दिइने उपनिर्देशक पन्थीले बताउनुभयो। आगामी सोमबारदेखि साना सवारीसाधनलाई सुरुङमार्ग प्रयोग गर्न अनुमति दिने तयारी भइरहेको छ।

उद्घाटन र आयोजनाको महत्व

पूर्वाधार विकासमन्त्री सुनील लम्साल, नेपालका लागि जापानका राजदूत मायदा तोरू तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा साउनको दोस्रो साता विशेष समारोहबीच सुरुङमार्गको उद्घाटन गरिएको थियो।

सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापनमा महत्वपूर्ण सुधार आउने अपेक्षा गरिएको छ। यसबाट यात्राको समय तथा दूरी घट्नुका साथै इन्धन खपत र ढुवानी लागतसमेत कम हुने विश्वास गरिएको छ। साथै, व्यापारिक गतिविधि विस्तार तथा सडक पूर्वाधारको आधुनिकीकरणमा समेत दीर्घकालीन योगदान पुग्ने अपेक्षा गरिएको छ।

आयोजनाअन्तर्गत मुख्य सुरुङ २.६८ किलोमिटर अर्थात् २ हजार ६८८ मिटर लामो छ। त्यस्तै, आपत्कालीन उद्धारका लागि २.५५ किलोमिटर लामो छुट्टै सुरुङ निर्माण गरिएको छ।

६० देखि ६०० रुपैयाँसम्म सडक उपभोग दस्तुर

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट ६० देखि ६०० रुपैयाँसम्म सडक उपभोग दस्तुर (टोल शुल्क) लिने निर्णय यसअघि नै मन्त्रिपरिषद्ले गरिसकेको छ।

नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी सवारीसाधनको प्रकारअनुसार उक्त शुल्क निर्धारण गरेको हो। सुरुङमार्ग प्रयोग गर्दा काठमाडौँ प्रवेश गर्ने र काठमाडौँबाट बाहिरिने सवारीसाधनका लागि फरक–फरक शुल्क तोकिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाली साहित्य बजारमा नयाँ कृतिको आगमन : कविता, उपन्यासदेखि देवकोटाका समग्र निबन्धसम्म

देउवाको भविष्यवाणी चार वर्षपछि पूरा : प्रतिस्पर्धी खगराज बने सुदूरपश्चिमका मुख्यमन्त्री

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नेपाली साहित्य बजारमा नयाँ कृतिको आगमन : कविता, उपन्यासदेखि देवकोटाका समग्र निबन्धसम्म

देउवाको भविष्यवाणी चार वर्षपछि पूरा : प्रतिस्पर्धी खगराज बने सुदूरपश्चिमका मुख्यमन्त्री

आजदेखि काठमाडौंका पाँच स्थानबाट एलपी ग्यास बिक्री, नागरिकता वा परिचयपत्र अनिवार्य

म्याग्दीमा सम्बन्धविच्छेदको नयाँ ट्रेन्ड : पारिवारिक बेमेलभन्दा ‘डिपेन्डेन्ट भिसा’ मुख्य कारण बन्दै

China’s Favorability Rises Across the Global South, Challenging US Influence

Former Cambridge Professor Jason Arday Found Dead After Plagiarism Allegations

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu