ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजदेखि काठमाडौंका पाँच स्थानबाट एलपी ग्यास बिक्री, नागरिकता वा परिचयपत्र अनिवार्य


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ७ : ०५   बजे

काठमाडौं । नेपाल आयल निगमले आजदेखि काठमाडौंका पाँच स्थानबाट एलपी ग्यास वितरण गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौं र निगमको समन्वयमा तोकिएका बिक्री केन्द्रबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर उपलब्ध गराउन लागिएको हो।

निगमका अनुसार अत्यावश्यक परेका उपभोक्ताले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तोकिएका केन्द्रमा पुगेर ग्यास खरिद गर्न सक्नेछन्। ग्यास लिन जाने उपभोक्ताले नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ।

कुन ठाउँमा कुन ग्यास पाइन्छ?

१. नेपाल आयल निगम, टेकु परिसर
यहाँ नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ब्रान्डका ग्यास उपलब्ध हुनेछन्।

२. यातायात कार्यालय परिसर, चाबहिल
नेपाल र एचपी ब्रान्डका ग्यास सिलिन्डर बिक्री गरिनेछ।

३. राधास्वामी, कीर्तिपुर परिसर
नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीमाया, श्रीकृष्ण, साइजवाला र ओम ग्यास उपलब्ध हुनेछ।

४. राधास्वामी, बसुन्धरा परिसर
नेपाल, एचपी, एभरेस्ट/सुगम, भानु र ओम ब्रान्डका ग्यास बिक्री गरिनेछ।

५. पुरानो जिल्ला प्रशासन कार्यालय, बबरमहल
नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, हिमाल, लोकप्रिय र सूर्य ग्यास उपलब्ध हुने निगमले जनाएको छ।

बिहान १० देखि साँझ ६ बजेसम्म बिक्री

निगमले तोकिएका केन्द्रबाट बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्यास बिक्री हुने जनाएको छ। उपभोक्ताले आफ्नो परिचय खुल्ने आधिकारिक कागजात लिएर मात्र बिक्री केन्द्रमा जानुपर्नेछ।

आयात नियमित छ : निगम

नेपाल आयल निगमले एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको र ग्यास उद्योगहरूले पनि आफ्ना आधिकारिक विक्रेतामार्फत नियमित बिक्री गरिरहेको जनाएको छ।

ग्यासको अभाव भएको भन्दै उपभोक्तामा अनावश्यक त्रास सिर्जना हुनसक्ने भन्दै निगमले आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा लामो लाइनमा नबस्न आग्रह गरेको छ।

पछिल्लो समय ग्यास अभावका कारण उपभोक्ताले समस्या भोग्दै आएको अवस्थामा निगमले अतिरिक्त बिक्री केन्द्र सञ्चालनमा ल्याएको हो। निगमका अनुसार नयाँ व्यवस्थाको उद्देश्य अत्यावश्यक परेका उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउनु हो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रकाशशरण महत : देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव

नेपाली साहित्य बजारमा नयाँ कृतिको आगमन : कविता, उपन्यासदेखि देवकोटाका समग्र निबन्धसम्म

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Colombia Earthquake Exposes Decades of Neglect in Buenaventura

Kennedy Center Board Approves Plan to Restore Trump’s Name After Court Ruling

प्रकाशशरण महत : देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव

Disease Outbreak Reported in Ceuta Following Mass Migrant Influx

नेपाली साहित्य बजारमा नयाँ कृतिको आगमन : कविता, उपन्यासदेखि देवकोटाका समग्र निबन्धसम्म

देउवाको भविष्यवाणी चार वर्षपछि पूरा : प्रतिस्पर्धी खगराज बने सुदूरपश्चिमका मुख्यमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu