काठमाडौँ । काठमाडौँ उपत्यकामा आज शनिबार दिउँसोदेखि साँझसम्म वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार उपत्यकाका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना छ।
उनका अनुसार आज उपत्यकाको मौसम घाम लाग्ने र बादल लाग्ने क्रमसँगै रहनेछ। “धेरै वर्षाको सम्भावना छैन, कतै हल्का र कतै मध्यम वर्षा हुन सक्छ,” उनले बताएका छन्।
महाशाखाले आज बिहान ८ बजेपछि देशभरको मौसमसम्बन्धी विस्तृत बुलेटिन सार्वजनिक गर्ने जनाएको छ। उक्त बुलेटिनमार्फत देशका विभिन्न क्षेत्रको मौसम अवस्थाबारे थप जानकारी उपलब्ध हुनेछ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्