ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनको क्लबमा दुई समूहबीच झडप, चारजना घाइते


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ११ : ५५   बजे

काठमाडौं । चितवनको भरतपुरस्थित एक क्लबमा दुई समूहबीच झडप हुँदा चारजना घाइते भएका छन्।

प्रहरीका अनुसार शनिबार बिहान करिब सवा १ बजे भरतपुर महानगरपालिका–३, लायन्सचोकस्थित फायर क्लबमा दुई समूहबीच झगडा तथा कुटपिट भएको हो।

घटनामा संलग्न रहेको आरोपमा भरतपुर–४ का ३२ वर्षीय हिमाल रसाइली पक्राउ परेका छन्। यस्तै, क्लब सञ्चालक भरतपुर–१७ का ३६ वर्षीय राकेश तामाङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। तामाङलाई भने घटनाबारे सोधपुछ गर्न नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रवीन्द्र खनालले बताएका छन्।

चारजना घाइते

कुटपिटबाट नवलपुरको बौदीकाली गाउँपालिका–१ का १७ वर्षीय मदन क्षेत्री, भरतपुर–१७ का २६ वर्षीय रोहन तामाङ, कालिका नगरपालिका–९ का २३ वर्षीय विशाल मगर र कपिलवस्तुको तौलिहवा नगरपालिका–१ का ३५ वर्षीय मो सरपराज घाइते भएका छन्।

उनीहरूको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ। प्रहरीका अनुसार घाइतेको अवस्था सामान्यदेखि मध्यम रहेको छ।

घटनाको कारण अहिलेसम्म खुलेको छैन। प्रहरीले कुटपिटमा संलग्न अन्य व्यक्तिको खोजी गर्नुका साथै घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी क्षेत्र प्रवर्द्धनदेखि डिजिटल सुशासनसम्म : सरकारको आर्थिक सुधारको रोडम्याप

‘नेपाली सेनामाथिको कुनै पनि प्रकारको प्रहार स्वीकार्य छैन’ : जेनजी अगुवा हमाल

सम्बन्धित

अर्थतन्त्र चलायमान बनाउन पुँजीगत खर्च बढाउनुपर्छ : सीएनआई अध्यक्ष पाण्डे

बैंकिङ कसुरमा १४ लाख जरिवाना ठहर भएका फरार व्यक्ति पक्राउ

एनसेलको शेयर खरिद–बिक्रीसम्बन्धी प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश

नालाको सांस्कृतिक तथा पर्यटकीय सम्भावना

चन्द्रपुरमा तिलगंगा सामुदायिक आँखा केन्द्र सञ्चालनमा

काठमाडौंका पाँच स्थानबाट आज ग्यास वितरण हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu