ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित, कहाँ–कहाँ छ समस्या?


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ३ : ३५   बजे

काठमाडौँ । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण देशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ। केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केहीमा निश्चित समयका लागि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

प्रहरी प्रधान कार्यालयले आज बिहान ६ः३० बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका सडकमा यातायात प्रभावित भएको जनाएको छ।

यी सडकमा समस्या

बिपी राजमार्ग : काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बाढीको जोखिमलाई ध्यानमा राखेर हरेक दिन साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै सवारीसाधनको आवागमन रोकिएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने यातायात सञ्चालन हुनेछ।

कान्ति लोकपथ : मकवानपुरमा वर्षाका कारण अपराह्न ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

मेची राजमार्ग : इलाम नगरपालिका–९ राजदुवालीमा हिलोका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक सडक रहेको प्रहरीले जनाएको छ।

अरनिको राजमार्ग : सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलो पहिरो लिपिङमा सडक भासिँदा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक : रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा सडक कटान हुँदा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

भेरी करिडोर : रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक पहिरो खस्दा जाजरकोट–डोल्पा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

मध्यपहाडी लोकमार्ग : रुकुम पूर्वको भूमे गाउँपालिका–४ काडाबगर र धौलापहिरामा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।

घोराही–थबाङ सहिद मार्ग : रोल्पाको थबाङ गाउँपालिका–२ लाप्लेभिर र दबाङमा भूक्षय तथा पहिरोका कारण सडक दुई स्थानमा पूर्ण रूपमा अवरुद्ध भएको छ।

प्रहरीका अनुसार अवरुद्ध सडक खुलाउन सम्बन्धित निकाय तथा स्थानीय तहसँग समन्वय भइरहेको छ। निरन्तर वर्षा भइरहेकाले यात्रु तथा सवारी चालकलाई सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पार्टी विभाजनको पक्षमा छैन : शशांक कोइराला

काठमाडौंमा भारी वर्षा, कपनमा तीन घण्टामै ५२.८ मिलिमिटर पानी

सम्बन्धित

प्रवासी नेपालीलाई नेपालमा ढुक्कसँग लगानी गर्न अर्थमन्त्री वाग्लेको आग्रह

नेपाल टेलिकमको नाफा ४७.५८ प्रतिशतले बढ्यो, ८ अर्ब ६८ करोड कमाइ

गोरखकाली रबर उद्योग पुनः सञ्चालन गर्ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता

लहान अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने

भारतको ८०औँ स्वतन्त्रता दिवस : नेपाल–भारत सम्बन्धको इतिहास, उतारचढाव र भविष्य

बजेटमा निजी क्षेत्रका ७४ बुँदामध्ये ३४ वटा मात्रै पूर्ण कार्यान्वयन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu