ललितपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई लघुवित्त पीडितको आन्दोलनमा सहभागी हुन नदिँदै प्रहरीले शनिबार उहाँलाई घरमै रोकेको छ।
लघुवित्त पीडितहरू ललितपुरको हरिहर भवनस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयबाहिर प्रदर्शन गरिरहेका छन्। प्रसाईँ पनि उक्त प्रदर्शनमा सहभागी हुन जाने तयारीमा थिए।
शनिबार भक्तपुरको ठिमीस्थित आफ्नो निवासबाट आन्दोलनस्थलतर्फ निस्कन खोज्दा प्रहरीले हस्तक्षेप गरेको प्रसाईँले बताएका छन्। प्रहरीले आफूलाई घरबाट बाहिर निस्कन नदिएको उनको भनाइ छ।
प्रसाईँको निवासअगाडि प्रहरीको भ्यान राखिएको र घर वरिपरि सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ।
लघुवित्त पीडितको प्रदर्शन
लघुवित्त संस्थाबाट ऋण लिएका पीडितहरूले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन्। उनीहरूले लघुवित्त संस्थाले चर्को ब्याजदर असुल्ने तथा ऋण तिर्न अनावश्यक दबाब दिने गरेको गुनासो गरेका छन्।
पीडितहरूले आफ्ना मागबारे ध्यानाकर्षण गराउन राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयबाहिर प्रदर्शन गरेका हुन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्