ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेनजी आन्दोलनले कांग्रेसलाई विग्रहमा पुर्‍यायो : निधिको प्रतिवेदन


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ४ : १५   बजे

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले जेनजी आन्दोलनले लोकतान्त्रिक दलहरूलाई कमजोर बनाउने अवस्था सिर्जना गरेको टिप्पणी गरेको छ। नेता विमलेन्द्र निधिले राष्ट्रिय भेलामा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा आन्दोलनको प्रभाव नेपाली कांग्रेसभित्र पनि परेको र पार्टी आन्तरिक विग्रहमा फसेको उल्लेख गरिएको छ।

प्रतिवेदनमा जेनजी आन्दोलनका नाममा भएको घटनाक्रमले नेपाली कांग्रेसलाई गम्भीर राजनीतिक संकटतर्फ धकेलेको दाबी गरिएको छ। ‘जेन जी घटनाको नाममा नेपालको अस्मितामाथि धावा बोल्ने गरी मञ्चन भएको त्यो खेलले नेपाली कांग्रेसलाई विग्रहको भुमरीमा पुर्‍याएको छ,’प्रतिवेदनमा भनिएको छ।

निधिको प्रतिवेदनले आन्दोलनको उद्देश्य र त्यसबाट उत्पन्न राजनीतिक परिणामबारे समेत प्रश्न उठाएको छ। आन्दोलन वास्तवमै राष्ट्रिय, देशभक्तिपूर्ण र लोकतान्त्रिक शक्तिहरूलाई कमजोर बनाउने उद्देश्यले अघि बढाइएको थियो कि कांग्रेसभित्रकै महत्वाकांक्षी समूहले त्यसलाई आफ्नो राजनीतिक उद्देश्य पूरा गर्ने अवसरका रूपमा प्रयोग गरेको थियो भन्ने प्रश्न प्रतिवेदनमा उठाइएको छ।

प्रतिवेदनमा भनिएको छ, ‘जसको उद्देश्य राष्ट्रिय, देशभक्तिपूर्ण र लोकतान्त्रिक शक्ति नेपाली कांग्रेस र अन्य दलहरूलाई धराशायी बनाउनु थियो कि ? अथवा अन्यत्र क्षेत्रमा जस्तै गरी कांग्रेसभित्रको महत्वाकांक्षी चिन्तनले जेनजी घटनाको सहारामा आफ्नो महत्वाकांक्षा पूरा गर्ने योजना बुनेको थियो ? यी प्रश्नको उत्तर क्रमशः खुल्दै जानेछ।’

यसरी कांग्रेस इतर समूहले जेनजी आन्दोलनलाई केवल सडकमा भएको राजनीतिक आन्दोलनका रूपमा नभई त्यसपछि विकसित भएको पार्टीभित्रको शक्ति संघर्षसँग समेत जोडेर विश्लेषण गरेको छ।

रूपान्तरण र नेतृत्व हस्तान्तरणमा सकारात्मक, तर विशेष महाधिवेशन अस्वीकार्य

राजनीतिक प्रतिवेदनले कांग्रेसभित्र रूपान्तरण र नेतृत्व हस्तान्तरणको आवश्यकता स्वीकार गरेको छ। तर नेतृत्व परिवर्तनको प्रक्रिया पार्टीको विधान र स्थापित विधिअनुसार हुनुपर्नेमा जोड दिइएको छ।

विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई भने इतर समूहले स्वीकार नगर्ने स्पष्ट धारणा अघि सारेको छ। प्रतिवेदनमा विशेष महाधिवेशन विधि र प्रक्रिया मिचेर आयोजना गरिएको दाबी गर्दै त्यसबाट बनेको नेतृत्वलाई वैधानिक रूपमा स्वीकार गर्न नसकिने उल्लेख गरिएको छ।

यसले कांग्रेसभित्रको विवाद केवल नेतृत्व परिवर्तनको विषय नभई परिवर्तनको प्रक्रिया र त्यसको वैधानिकतासँग जोडिएको संघर्ष भएको देखाएको छ।

इतर समूहले एकातर्फ पार्टीमा नयाँ पुस्ताको नेतृत्व र रूपान्तरणको आवश्यकतालाई स्वीकार गरेको छ भने अर्कोतर्फ त्यसका लागि विधानसम्मत बाटो अपनाउनुपर्ने अडान दोहोर्‍याएको छ। यसले कांग्रेसको आगामी महाधिवेशनसम्म पार्टीभित्रको नेतृत्व संघर्ष, विशेष महाधिवेशनको वैधानिकता र जेनजी आन्दोलनपछि विकसित राजनीतिक परिस्थितिबीचको सम्बन्ध थप बहसको विषय बन्ने संकेत गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शशांक कोइराला सभापतिमा इच्छुक, शेखर उठे सहयोग गर्ने

दीपक खड्काको देउवा पक्षको बचाउ : ‘जनताबाट अस्वीकृत भएकाले आत्मसमीक्षा गरौँ’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

शशांक कोइराला सभापतिमा इच्छुक, शेखर उठे सहयोग गर्ने

दीपक खड्काको देउवा पक्षको बचाउ : ‘जनताबाट अस्वीकृत भएकाले आत्मसमीक्षा गरौँ’

7.7 Magnitude Earthquake Strikes Indonesia, Triggering Tsunami and Killing At Least Five

Russian Swimmer Wins European Gold Amidst Ongoing Restrictions

Japanese Defense Minister Visits Yasukuni Shrine, Prompting Criticism From Neighbors

India’s Modi Warns of ‘Intellectual Naxals’ Despite Declining Maoist Rebellion

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu