ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शशांक कोइराला सभापतिमा इच्छुक, शेखर उठे सहयोग गर्ने


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ६ : ०५   बजे

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आगामी १५औँ महाधिवेशनमा पार्टी सभापतिका लागि आफू इच्छुक रहेको बताएका छन्। तर, डा. शेखर कोइराला सभापतिमा उम्मेदवारी दिए आफूले सहयोग गर्ने उनको भनाइ छ।

काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा जारी कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलामा सञ्चारकर्मीसँग कुरा गर्दै डा. शशांकले सभापतिका लागि आफू तयार रहेको बताएका हुन्।

‘पार्टी सभापतिका लागि पनि इच्छुक त छु, तर मैले इच्छा मात्रै गरेर भएन। पार्टीका साथीहरूको के भनाइ छ, पहिले त्यो सुन्नुपर्‍यो। अनि निर्णय गर्छु,’ उनले भने।

उनले आगामी १५औँ महाधिवेशनबाट कांग्रेसमा नयाँ नेतृत्व आउने बताए। यद्यपि, महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा आयोजना हुने सम्भावना रहेको उनको भनाइ थियो।

‘शेखर उठ्नुभयो भने सहयोग गर्छु’

सभापतिका लागि डा. शेखर कोइरालाले पनि उम्मेदवारी दिन सक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा शशांकले आफूहरूबीच राम्रो समझदारी रहेको बताए।

‘हाम्रोबीचमा धेरै राम्रो समझदारी छ। उहाँ उठ्नुभयो भने ठीकै छ, म सहयोग गरिहाल्छु,’ उनले भने।

यस अभिव्यक्तिले कोइराला परिवारभित्र आगामी महाधिवेशनको नेतृत्वलाई लिएर सहकार्यको सम्भावना रहेको संकेत गरेको छ। शशांक स्वयं सभापतिका लागि इच्छुक देखिए पनि शेखर उम्मेदवार बने आफू उनको पक्षमा उभिने स्पष्ट सन्देश दिएका छन्।

‘पार्टी विभाजनको पक्षमा छैन’

डा. शशांकले आफू कांग्रेस विभाजनको पक्षमा नरहेको स्पष्ट पारे। पार्टीभित्रको विवादलाई थप चर्काउनेभन्दा कांग्रेसलाई एकीकृत बनाएर अघि बढाउनुपर्ने उनको धारणा छ।

उनले जारी राष्ट्रिय भेलाले कांग्रेसलाई नयाँ ढंगबाट अघि बढाउन आधार तयार गर्ने विश्वास व्यक्त गरे।

‘नयाँ कांग्रेस, संगठित कांग्रेस, नयाँ दिशातर्फ जान्छ कांग्रेस,’ उनले भने।

अब विकासलाई प्राथमिकता दिनुपर्छ

कांग्रेसले अब सैद्धान्तिक बहसमा मात्र अल्झिनुभन्दा देशको विकास र आर्थिक समृद्धिलाई प्राथमिकतामा राख्नुपर्ने शशांकको धारणा छ।

उनका अनुसार कांग्रेस मात्रै होइन, देशका सबै राजनीतिक दलले विकासलाई राजनीतिको केन्द्रमा राखेर अघि बढ्नुपर्ने आवश्यकता छ। राजनीतिक विवाद र नेतृत्वको प्रतिस्पर्धाभन्दा जनताका दैनिक समस्या समाधान र विकासका एजेन्डालाई प्राथमिकता दिनुपर्ने उनको जोड थियो।

कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलामा अहिले विभिन्न नेताहरूले प्रस्तुत गरेका राजनीतिक, आर्थिक–सामाजिक तथा समसामयिक विषयका दस्तावेजमाथि समूहगत छलफल भइरहेको छ। शुक्रबारदेखि सुरु भएको भेला आइतबारसम्म चल्नेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विशेष महाधिवेशनको नाममा कांग्रेस विभाजनको षड्यन्त्र भयो : विमलेन्द्र निधि

दाइजो प्रथा अन्त्य गर्न सामूहिक प्रयास आवश्यक : उपसभामुख ठाकुर

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विशेष महाधिवेशनको नाममा कांग्रेस विभाजनको षड्यन्त्र भयो : विमलेन्द्र निधि

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

प्रवासी नेपालीलाई ढुक्क भएर नेपालमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आग्रह

काठमाडौंका ‘जीवित ख्याः’ सम्झिँदै महेश रानाको रहस्यमय कथा

Afghan Refugees Face Deportation Risk as European Policies Harden

Hungary Prosecutor General Deems Opposition Server Seizure Unlawful

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu