ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दीपक खड्काको देउवा पक्षको बचाउ : ‘जनताबाट अस्वीकृत भएकाले आत्मसमीक्षा गरौँ’


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ६ : ०५   बजे

काठमाडौँ । नेपाली कांग्रेसका नेता दीपक खड्काले सभापति गगनकुमार थापासहितको वर्तमान नेतृत्व जनमतबाट अस्वीकृत भइसकेको दाबी गर्दै पूर्वसभापति शेरबहादुर देउवाको आलोचना गर्नुभन्दा आत्मसमीक्षा गर्न आग्रह गरेका छन्।

शनिबार काठमाडौँमा आयोजित कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलाका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले निर्वाचनमा पराजित भएकाहरूले नै पार्टीको नेतृत्व र विगतका नेतामाथि प्रश्न उठाइरहनु उचित नभएको टिप्पणी गरे।

उनले शेरबहादुर देउवाको नेतृत्वको बचाउ गर्दै देउवा स्वयं कुनै निर्वाचनमा पराजित नभएको र जनमतको सम्मान गर्दै आएको दाबी गरे। कांग्रेसभित्रको आन्तरिक विवाद र कलहकै कारण पार्टी कमजोर अवस्थामा पुगेको उनको आरोप थियो।

‘जनताले उहाँहरूको पूरै कार्यसमितिलाई नै पराजित गराइदिएका छन्। जनताबाट अस्वीकृत भइसकेपछि पनि के आधारमा दाबी गरिँदै छ ? निर्वाचनमा जनताले दिएको उत्तरलाई स्वीकार गर्नुपर्छ,’ खड्काले भने।

उनका अनुसार कांग्रेसको आन्तरिक विवाद केवल पार्टीको समस्या नभई मुलुककै लोकतान्त्रिक राजनीतिक प्रणालीसँग जोडिएको विषय हो। कांग्रेस कमजोर हुँदा त्यसको असर देशको राजनीतिक स्थायित्व र लोकतान्त्रिक व्यवस्थामै पर्ने उनले बताए।

‘कांग्रेस कमजोर हुँदा मुलुक पनि कमजोर हुन्छ भन्ने कुरा आमजनताले बुझिसकेका छन्,’ उनले भने, ‘त्यसैले नेताहरूले आपसमा बसेर छलफल गरी पार्टीलाई बलियो बनाउनुपर्छ।’

पाँच वर्ष संगठन सुदृढीकरणमा लाग्नुपर्ने सुझाव

खड्काले अब नेतृत्व विवाद र आरोप–प्रत्यारोपमा समय खर्च गर्नुभन्दा आगामी पाँच वर्ष पार्टी संगठन सुदृढीकरणमा केन्द्रित हुनुपर्ने बताए।

उनले जनतामा कांग्रेसप्रति पुनः विश्वास निर्माण गर्ने, संगठनलाई गाउँ तहसम्म मजबुत बनाउने र विगतका कमजोरीबाट पाठ सिकेर अघि बढ्नुपर्नेमा जोड दिए।

संस्थापन पक्षका नेताहरूले समेत आफ्ना गल्ती स्वीकार गरी पार्टीलाई एकढिक्का बनाउन पहल गर्नुपर्ने उनको आग्रह थियो।

कांग्रेसभित्र विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको कार्यसमिति बनेपछि पार्टीको वैधानिकता, नेतृत्व र आगामी महाधिवेशनलाई लिएर दुई पक्षबीच विवाद चर्किएको छ। संस्थापन इतर समूहको राष्ट्रिय भेलामा पनि यही विवादका साथै कांग्रेसको कमजोर निर्वाचन परिणाम, संगठन पुनर्निर्माण र आगामी राजनीतिक रणनीतिबारे तीव्र बहस भइरहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विशेष महाधिवेशनको नाममा कांग्रेस विभाजनको षड्यन्त्र भयो : विमलेन्द्र निधि

दाइजो प्रथा अन्त्य गर्न सामूहिक प्रयास आवश्यक : उपसभामुख ठाकुर

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विशेष महाधिवेशनको नाममा कांग्रेस विभाजनको षड्यन्त्र भयो : विमलेन्द्र निधि

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

प्रवासी नेपालीलाई ढुक्क भएर नेपालमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आग्रह

काठमाडौंका ‘जीवित ख्याः’ सम्झिँदै महेश रानाको रहस्यमय कथा

Afghan Refugees Face Deportation Risk as European Policies Harden

Hungary Prosecutor General Deems Opposition Server Seizure Unlawful

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu