ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लहान अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ४ : ४५   बजे

लहान । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सिरहाको लहानस्थित अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालनमा ल्याइने घोषणा गर्नुभएको छ।

राजमार्गमा हुने दुर्घटनामा घाइते हुनेको उपचारलाई प्राथमिकता दिँदै ट्रमा युनिट सञ्चालन गर्न लागिएको मन्त्री मेहताले बताउनुभयो। शनिबार लहानमा आयोजित कार्यक्रममा उहाँले पूर्ण क्षमताको ट्रमा सेन्टर निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), भवन निर्माण र विशेषज्ञ चिकित्सक व्यवस्थापन गर्न समय लाग्ने भएकाले तत्काल ट्रमा युनिटमार्फत सेवा सुरु गर्न लागिएको जानकारी दिनुभयो।

“ट्रमा सेन्टर दीर्घकालीन प्रक्रिया हो। तर लहान राजमार्गमा अवस्थित भएकाले यहाँ उपलब्ध पूर्वाधारको उपयोग गर्दै तत्काल ट्रमा युनिट सुरु गर्न सक्छौँ।”

मन्त्री मेहताका अनुसार लहान अस्पतालमा सिटी स्क्यान, ब्लड बैंक तथा आँखा अस्पतालजस्ता पूर्वाधार उपलब्ध छन्। प्रदेश सरकारले हालै २९ जना विशेषज्ञ चिकित्सक पठाइसकेको जानकारी दिँदै उहाँले सिटी स्क्यान सञ्चालनमा रेडियोलोजिस्टको अभाव देखिएको बताउनुभयो।

ट्रमा युनिटका लागि अर्थोपेडिक सर्जन र एनेस्थेसिया विशेषज्ञसहित आवश्यक चिकित्सकीय जनशक्ति व्यवस्थापन गरिने उहाँले बताउनुभयो।

स्वास्थ्य बीमा बन्द भएको छैन

मन्त्री मेहताले स्वास्थ्य बीमा कार्यक्रम पूर्ण रूपमा बन्द नभएको स्पष्ट पार्नुभयो। उहाँका अनुसार निजी अस्पतालमा बीमा सेवा रोकिए पनि सरकारी अस्पतालमा सेवा यथावत् रहेको छ।

करिब ९३ प्रतिशत नागरिक सरकारी अस्पतालमा निर्भर रहेको भन्दै उहाँले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने गरी सरकारले काम गरिरहेको बताउनुभयो।

विगतको करिब १८ अर्ब रुपैयाँ बक्यौतामध्ये फागुनसम्मको भुक्तानी भइसकेको जानकारी दिँदै उहाँले बीमाका केही प्याकेज अवैज्ञानिक रहेकाले पुनरावलोकन भइरहेको बताउनुभयो।

सर्पदंशको औषधि आइपुग्यो

तराई क्षेत्रमा देखिएको एन्टी स्नेक भेनमको अभावबारे मन्त्री मेहताले काठमाडौँमा ८ हजार ५ सय भायल औषधि आइपुगेको जानकारी दिनुभयो।

उहाँका अनुसार आइतबारदेखि देशका विभिन्न भागमा औषधि वितरण सुरु गरिनेछ। केही अस्पताल तथा सैनिक क्याम्पमा मौज्दात घटे पनि देशभर पूर्ण अभाव हुन नदिने गरी व्यवस्थापन भइरहेको उहाँले बताउनुभयो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तनहुँ र लमजुङमा भारी वर्षा, मादीखोलालगायत नदीमा बहाव बढ्न सक्ने

खगराज भट्टको पहिलो निर्णय : सुदूरपश्चिमका अस्पतालमा डायलाइसिस सेवा विस्तार

सम्बन्धित

स्वास्थ्य बिमा अब घरबाटै अनलाइन दर्ता र नवीकरण गर्न सकिने

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल, करोडौँको लगानी खेर जाने जोखिम

जेन–जीका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

प्रवासी नेपालीलाई नेपालमा ढुक्कसँग लगानी गर्न अर्थमन्त्री वाग्लेको आग्रह

नेपाल टेलिकमको नाफा ४७.५८ प्रतिशतले बढ्यो, ८ अर्ब ६८ करोड कमाइ

गोरखकाली रबर उद्योग पुनः सञ्चालन गर्ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu