ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङमा गण्डकी प्रदेशस्तरीय सिर्जनात्मक बाल कार्यक्रम सुरु


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ६ : २५   बजे

बागलुङ । सत्यसाई केन्द्र बागलुङको आयोजनामा गण्डकी प्रदेशस्तरीय दुईदिने सिर्जनात्मक बाल कार्यक्रम शनिबारदेखि बागलुङमा सुरु भएको छ।

बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले कार्यक्रमको उद्घाटन गर्नुभयो। कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न सत्यसाई केन्द्रसँग आबद्ध बालबालिका, अभिभावक तथा शिक्षक गरी करिब १ सय ९० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ। तीमध्ये करिब १ सय जना बालबालिका सहभागी छन्।

कार्यक्रमअन्तर्गत वक्तृत्वकला, हाजिरीजवाफ, कविता, निबन्ध तथा कथा लेखन, गीत–संगीत र भजनलगायतका सिर्जनात्मक तथा प्रतियोगितात्मक गतिविधि सञ्चालन हुनेछन्। कार्यक्रम बागलुङका राधाकृष्ण मन्दिरलगायत विभिन्न स्थानमा आयोजना गरिने जनाइएको छ।

सत्यसाई केन्द्र गण्डकीका अध्यक्ष टंकनाथ रेग्मीका अनुसार कार्यक्रमको मुख्य उद्देश्य बालबालिकाको सिर्जनात्मक क्षमता विकास गर्नु हो। कार्यक्रममा बागलुङसहित पोखरा, स्याङ्जा तथा गण्डकी प्रदेशका अन्य जिल्लाबाट समेत बालबालिका, अभिभावक र शिक्षक सहभागी भएका छन्।

गण्डकी प्रदेशमा मनाङ र मुस्ताङबाहेक नौ जिल्लामा सत्यसाई केन्द्र स्थापना भई सञ्चालनमा रहेका छन्। ती केन्द्रले धार्मिक तथा आध्यात्मिक विकास, अनुशासन, मानवसेवा र सकारात्मक सोच प्रवर्द्धनका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छन्।

सत्यसाई केन्द्र बागलुङका संस्थापक कृष्णबहादुर श्रेष्ठले यस्ता कार्यक्रमले बालबालिकामा उत्साह र आत्मविश्वास बढाउनुका साथै अभिभावकमा समेत सकारात्मक सोचको विकास गर्न सहयोग पुग्ने बताउनुभयो।

वार्षिक सम्मेलन

सत्यसाई केन्द्र गण्डकी प्रदेश समितिले हरेक वर्ष बालबालिकाको सम्मेलन तथा सिर्जनात्मक प्रतियोगिता आयोजना गर्दै आएको छ। यस वर्षको कार्यक्रममार्फत बालबालिकामा रहेको प्रतिभा पहिचान तथा प्रस्फुटन गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ग्यास किन्न परिचयपत्र अनिवार्य गरिएको भन्दै ज्ञानेन्द्र शाहीको सरकारमाथि प्रश्न

चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना, सुदूरपश्चिममा धेरै भारी वर्षाको चेतावनी

सम्बन्धित

शिक्षा ऐनअघि ‘शिक्षा संवाद’ : शिक्षकदेखि अभिभावकसम्मका सुझाव संकलन गर्दै मन्त्रालय

केयूमा पढे, यहीँ प्राध्यापक बने, अब उपकुलपति : प्राडा विवेक बरालको असाधारण यात्रा

सातामा दुई दिन सार्वजनिक बिदा तत्काल नहट्ने

केयू उपकुलपति नियुक्ति प्रक्रिया रोकियो, सिफारिस भएका उम्मेदवारमाथि अनुसन्धान

नेपालका बालबालिकाको आधारभूत सिकाइ संकट : दुई तिहाइ गणित र पठनमा न्यूनतम दक्षताभन्दा तल

त्रिविका विद्यार्थीले उपचारमा ९० प्रतिशतसम्म छुट पाउने, तर धेरैलाई जानकारी छैन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu