ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिविका विद्यार्थीले उपचारमा ९० प्रतिशतसम्म छुट पाउने, तर धेरैलाई जानकारी छैन


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ११ : ३५   बजे

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) र यसअन्तर्गतका आंगिक क्याम्पसमा अध्ययनरत विद्यार्थीले स्वास्थ्य उपचारमा ठूलो सहुलियत पाउने व्यवस्था भए पनि धेरै विद्यार्थी यसबारे अनभिज्ञ रहेको पाइएको छ।

त्रिविको ‘विद्यार्थी स्वास्थ्योपचार कोष’ मार्फत विद्यार्थीले नेपालका विभिन्न अस्पतालमा उपचार गराउँदा औषधि तथा खानाबाहेकको खर्चमा ९० प्रतिशतसम्म छुट पाउने व्यवस्था छ। कोषले विद्यार्थीको उपचारमा प्रत्येक शैक्षिक वर्षमा अधिकतम एक लाख रुपैयाँसम्म खर्च व्यहोर्ने व्यवस्था गरेको छ।

विद्यार्थीले स्नातक तथा स्नातकोत्तर तहमा भर्ना हुँदा तथा तोकिएको सेमेस्टर वा वर्षमा स्वास्थ्योपचार कोषका लागि ५०० रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था छ।

कसरी पाइन्छ सुविधा ?

स्वास्थ्य उपचार सुविधा लिन विद्यार्थीले सुरुमा आफ्नो सम्बन्धित क्याम्पसमा निवेदन दिनुपर्छ। क्याम्पसले त्रिविको सम्बन्धित निर्देशनालयमा सिफारिसका लागि अनुरोध गरेपछि निर्देशनालयले उपचार गर्ने अस्पताललाई सिफारिस गर्छ।

सिफारिस स्वीकृत भएपछि विद्यार्थीले तोकिएका स्वास्थ्य संस्थामा उपचार गराउँदा औषधि र खानाबाहेकको उपचार खर्चमा ९० प्रतिशतसम्म छुट पाउँछन्। यसका लागि सिफारिसपत्र र वैध विद्यार्थी परिचयपत्रको प्रतिलिपि आवश्यक हुन्छ।

उपचारका क्रममा तत्काल सिफारिसपत्र लिन नसकेका विद्यार्थीले डिस्चार्ज भएको एक महिनाभित्र आवश्यक प्रक्रिया पूरा गरेमा पनि सुविधा लिन सक्ने व्यवस्था छ।

कहाँ पाइन्छ उपचार सुविधा ?

काठमाडौं उपत्यकामा अध्ययनरत विद्यार्थीले त्रिवि शिक्षण अस्पताललगायत तोकिएका स्वास्थ्य संस्थाबाट सुविधा लिन सक्छन्। उपत्यकाबाहिरका आंगिक क्याम्पसमा अध्ययनरत विद्यार्थीका लागि सम्बन्धित क्याम्पसले जिल्ला अस्पताल वा आफूलाई पायक पर्ने अस्पतालसँग सम्झौता गरेर सेवा उपलब्ध गराउने व्यवस्था छ।

त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार आवश्यक प्रक्रिया पूरा गरेर आएका विद्यार्थीलाई सुविधाबाट वञ्चित नगरिने भए पनि यसबारे जानकारी लिएर सेवा लिन आउने विद्यार्थीको संख्या निकै कम छ।

कस्ता उपचारमा सुविधा पाइन्छ ?

अस्पतालमा भर्ना भएका विद्यार्थीका लागि सामान्य वार्डको बेड शुल्क तथा आवश्यक अवस्थामा आईसीयू उपचार खर्चसमेत तोकिएको सीमाभित्र कोषबाट व्यहोर्ने व्यवस्था छ।

उपचार सुविधा भने प्रत्येक शैक्षिक सत्रमा तोकिएको सीमाभित्र मात्र उपलब्ध हुन्छ। भर्ना हुनुअघि नै दीर्घरोग भएको प्रमाणित भएका विद्यार्थीका लागि भने यो सुविधा लागू नहुने व्यवस्था छ।

यी उपचारमा सुविधा पाइँदैन

कोषबाट सुत्केरी तथा गर्भावस्थासम्बन्धी खर्च, सामान्य स्वास्थ्य परीक्षण, अंग प्रत्यारोपण, कस्मेटिक उपचार, चस्मा तथा लेन्स र श्रवण उपकरणको खर्च व्यहोर्ने व्यवस्था छैन।

यस्तै, क्याम्पसमा भर्ना हुनुअघि नै दीर्घकालीन रोग लागेको प्रमाणित भएका विद्यार्थी पनि यो सुविधाका लागि योग्य हुँदैनन्।

विद्यार्थीलाई जानकारी गराउन निर्देशन

त्रिविले लामो समयदेखि स्वास्थ्योपचार सुविधा उपलब्ध गराउँदै आए पनि विद्यार्थीलाई पर्याप्त जानकारी नहुँदा सेवा प्रभावकारी रूपमा उपयोग हुन नसकेको जनाएको छ।

विश्वविद्यालयले क्याम्पसहरूलाई सूचना बोर्डमार्फत सुविधाबारे जानकारी गराउन आग्रह गरेको छ। त्रिविका प्रवक्ता नवीन भण्डारीले नयाँ विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रममै स्वास्थ्य उपचार सुविधाबारे जानकारी गराउनुपर्ने बताए।

सुरुमा स्वास्थ्योपचार कोषबाट ५० हजार रुपैयाँसम्म उपचार खर्च व्यहोर्ने व्यवस्था रहेकामा आर्थिक वर्ष २०७५/७६ देखि यो सीमा बढाएर एक लाख रुपैयाँ पुर्‍याइएको हो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

किशोर श्रेष्ठको निवास र कार्यालयमा प्रहरीको खानतलासी

सुस्ता जोगाउन रातदिन नदी किनारमा खटिँदै स्थानीय, सरकारी सहयोग बढ्यो

सम्बन्धित

गर्मी सहन नसकेपछि पङ्खा माग्दै विद्यार्थी आन्दोलनमा

निर्वाह भत्ता रोक्ने धम्कीपछि चिकित्सकको आन्दोलन घोषणा

इन्जिनियरिङ प्रवेश परीक्षामा उत्कृष्ट प्रतिभाका विद्यार्थी सम्मानित

वीरेठाँटी माविमा तेक्वान्दो प्रशिक्षणको तेस्रो चरण सम्पन्न

समावेशी शिक्षा प्रभावकारी बनाउन सरोकारवालासँग शिक्षामन्त्री पोखरेलको छलफल

सांसदसँग विद्यार्थीको सवाल–जवाफ : सीप, रोजगारीदेखि शिक्षा र बजेटसम्म प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu