ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केयू उपकुलपति नियुक्ति प्रक्रिया रोकियो, सिफारिस भएका उम्मेदवारमाथि अनुसन्धान


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ३ : १५   बजे

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति नियुक्ति प्रक्रिया तत्कालका लागि रोकिएको छ। उपकुलपतिका लागि सिफारिस गरिएका व्यक्तिमध्ये एक जनामाथि नैतिक तथा आर्थिक प्रश्न उठेपछि नियुक्ति प्रक्रिया रोकिएको हो।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको नेतृत्वमा गठित छनोट समितिले प्रा.डा. बालचन्द्र लुइटेल, प्रा.डा. विवेक बराल र प्रा.डा. राजेन्द्र जोशीको नाम उपकुलपतिका लागि सिफारिस गरेको थियो। समितिले चार दिनअघि नै कुलपतिसमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष सिफारिस सूची पठाएको थियो।

यसअघि समितिले प्रा.डा. विकास नकर्मीको नाम सिफारिस गरे पनि पछि उक्त नाम परिवर्तन गरी केयूमै कार्यरत प्रा.डा. राजेन्द्र जोशीको नाम समावेश गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ।

विवेक बरालमाथि प्रश्न

सिफारिस गरिएका तीनै जना केयूमा कार्यरत छन्। तर, उपकुलपतिका लागि पहिलो नम्बरमा सिफारिस गरिएका प्रा.डा. विवेक बरालमाथि नैतिक तथा आर्थिक विषयमा प्रश्न उठेपछि नियुक्ति प्रक्रिया रोकिएको शिक्षा मन्त्रालय स्रोतले जनाएको छ।

बराल केयूको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुन्। उनले न्यूजिल्यान्डको अकल्यान्ड विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा विद्यावारिधि गरेका छन्। सन् १९९९ मा लेक्चररका रूपमा केयू प्रवेश गरेका उनी सन् २०१८ मा प्राध्यापक बनेका थिए। उनी केयू प्राध्यापक संघका पूर्वसभापतिसमेत हुन्।

बेरुजुबारे छानबिन सुरु

प्रा.डा. बरालमाथि प्रबन्ध–निर्देशक तथा केयू–कन्सल्ट्यान्टको भूमिकामार्फत विश्वविद्यालय र धुलिखेल अस्पतालका लागि निर्माणसम्बन्धी काम गर्दा बेरुजु रकम फर्छ्योट नगरेको आरोप उठेको छ।

शिक्षा मन्त्रालयले यस विषयमा छानबिन थालेको जनाएको छ। शिक्षामन्त्री सस्मित पोखरेलले पनि बेरुजुसम्बन्धी विषयमा जानकारी आएपछि उपकुलपति नियुक्ति प्रक्रिया तत्काल रोकिएको बताएका छन्।

मन्त्री पोखरेलका अनुसार सिफारिस भएका व्यक्तिमाथि उठेका प्रश्नबारे केयूसँग विवरण मागेर अनुसन्धान गरिनेछ।

एडीबी परियोजना अन्योलमा

यसअघि सरकारले अध्यादेशमार्फत केयूका तत्कालीन उपकुलपति प्रा.डा. अच्युत वाग्लेलाई पदबाट हटाएपछि नयाँ उपकुलपति छनोट प्रक्रिया अघि बढाइएको थियो। जेठ १९ गते बसेको केयू सभाले शिक्षामन्त्री पोखरेलको संयोजकत्वमा छनोट समिति गठन गरेको थियो।

समितिले असार ३ गते उपकुलपतिका लागि आवेदन माग्दा ३५ जनाले आवेदन दिएका थिए। प्रारम्भिक छनोटबाट १० जनाको नाम सार्वजनिक गरिएको थियो। त्यसमा दयाराम पोखरेल, निरञ्जन पराजुली, बालचन्द्र लुइटेल, विकास नकर्मी, विमप्रसाद श्रेष्ठ, राजेन्द्र जोशी, विवेक बराल, शेषानन्द सञ्जेल, सुबोध शर्मा र हरिप्रसाद न्यौपाने थिए।

यसैबीच, धुलिखेल अस्पताल निर्माण परियोजनामा समेत अन्योल देखिएको केयूका पदाधिकारीहरूले बताएका छन्। केयू र एसियाली विकास बैंक (एडीबी)बीच पनौतीमा ४५० शय्याको अस्पताल निर्माण गर्ने प्रारम्भिक सम्झौता भइसकेको थियो।

तर तत्कालीन उपकुलपति वाग्ले पदमुक्त भएपछि परियोजनाको काम अघि बढ्न नसकेको बताइएको छ। एडीबीले परियोजनासम्बन्धी ‘ड्यु डिलिजेन्स’ पूरा गर्न पत्राचार गरे पनि त्यसमा थप प्रगति हुन नसकेको केयूका पदाधिकारीको भनाइ छ।

नयाँ उपकुलपति नियुक्तिपछि मात्रै अस्पताल निर्माण परियोजना अघि बढ्ने वा नबढ्ने टुंगो लाग्ने देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रियसभा बैठकमा ग्यास अभावदेखि पत्रकार पक्राउसम्मका विषय उठे

कांग्रेसले भदौ ११ मा महिला उद्यमशीलता सम्मेलन गर्ने

सम्बन्धित

सातामा दुई दिन सार्वजनिक बिदा तत्काल नहट्ने

नेपालका बालबालिकाको आधारभूत सिकाइ संकट : दुई तिहाइ गणित र पठनमा न्यूनतम दक्षताभन्दा तल

त्रिविका विद्यार्थीले उपचारमा ९० प्रतिशतसम्म छुट पाउने, तर धेरैलाई जानकारी छैन

गर्मी सहन नसकेपछि पङ्खा माग्दै विद्यार्थी आन्दोलनमा

निर्वाह भत्ता रोक्ने धम्कीपछि चिकित्सकको आन्दोलन घोषणा

इन्जिनियरिङ प्रवेश परीक्षामा उत्कृष्ट प्रतिभाका विद्यार्थी सम्मानित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu