ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाइजो प्रथा अन्त्य गर्न सामूहिक प्रयास आवश्यक : उपसभामुख ठाकुर


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ६ : ३५   बजे

ढल्केबर, साउन ३० गते । प्रतिनिधि सभाकी उपसभामुख रुबी ठाकुरले दाइजो प्रथा अन्त्य गर्न सामूहिक प्रयास आवश्यक रहेको बताउनुभएको छ।

धनुषाको ढल्केबरमा शनिबार नाई सहयोग संस्था नेपालको दोस्रो अधिवेशन तथा चौथो साधारण सभाको उद्घाटन गर्दै उहाँले दाइजो प्रथाले समाजमा अन्याय र विभेद बढाउने भएकाले यसको अन्त्यका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभयो।

उपसभामुख ठाकुरले दाइजो प्रथा अन्त्य गर्दै ठाकुर समुदायलाई सामाजिक तथा राजनीतिक रूपमा अघि बढाउन पारस्परिक सहयोग र एकता आवश्यक रहेको बताउनुभयो। समुदायबीच एकता र सहयोग भए मात्र समाजको प्रतिष्ठा र विकास सम्भव हुने उहाँको भनाइ थियो।

दाइजो प्रथाविरुद्ध आफूले निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै उपसभामुख ठाकुरले दाइजो लिनेदिने तथा दाइजोका लागि दबाब दिने कार्य कानुनविपरीत हुने बताउनुभयो।

उहाँले भन्नुभयो, “छोरीको विवाह गर्दा दाइजो नदिनुहोस्, छोराको विवाह गर्दा दाइजो नलिनुहोस्।”

दाइजोका कारण अन्याय भए सहयोग गर्ने प्रतिबद्धता

दाइजोका कारण कसैमाथि दबाब वा अन्याय भए तत्काल आफूलाई जानकारी गराउन आग्रह गर्दै उपसभामुख ठाकुरले त्यस्ता विषयमा आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो।

उहाँले नाई सहयोग संस्था नेपालको अधिवेशन सफलताको शुभकामना दिँदै सामाजिक सुधार र समुदायको हितमा संस्थाले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा सिरहा नाई समाजका तर्फबाट श्यामकुमार ठाकुरले हजाम (ठाकुर) समुदायको सामाजिक, आर्थिक, शैक्षिक तथा राजनीतिक उत्थानका साथै राज्यका विभिन्न निकायमा समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै उपसभामुख ठाकुरलाई ज्ञापनपत्र बुझाउनुभएको थियो।

 

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ग्यास किन्न परिचयपत्र अनिवार्य गरिएको भन्दै ज्ञानेन्द्र शाहीको सरकारमाथि प्रश्न

चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना, सुदूरपश्चिममा धेरै भारी वर्षाको चेतावनी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Xi Jinping to Commemorate Jiang Zemin’s Centenary

Xi Jinping Outlines Strategy for Enhanced Disaster Management

Five Injured in Shooting at Virginia State University; Investigation Underway

Afghanistan’s Taliban Face Persistent Armed Opposition Five Years After Return to Power

China’s Rural Areas See Economic Boost Through Tourism and Cultural Preservation

ग्यास किन्न परिचयपत्र अनिवार्य गरिएको भन्दै ज्ञानेन्द्र शाहीको सरकारमाथि प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu