ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बंगलादेशका १२ फोटो पत्रकार नेपालमा, पोखरा र चितवन भ्रमण गर्ने


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ८ : ०५   बजे

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा बंगलादेश फोटो पत्रकार संघका १२ जना फोटो पत्रकार नेपाल आइपुगेका छन्। संघका अध्यक्ष एकेएम मोहसिनको नेतृत्वमा आएको टोलीले भदौ ३ गते मनाइने विश्व फोटोग्राफी दिवसका अवसरमा नेपालमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागिता जनाउनेछ।

बंगलादेशी फोटो पत्रकार टोलीले विश्व फोटोग्राफी दिवसका अवसरमा काठमाडौंको हनुमानढोकामा ‘ब्युटिफुल बंगलादेश’ नामक फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ। प्रदर्शनीमा बंगलादेशको प्राकृतिक सौन्दर्य, संस्कृति, जनजीवन तथा पर्यटनका विविध पक्षलाई नेपाली दर्शकमाझ प्रस्तुत गरिनेछ।

टोली आजै पोखरा र चितवनको तीनदिने भ्रमणमा जाने कार्यक्रम छ। भ्रमणका क्रममा नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखरा र चितवनको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, पर्यटन गतिविधि तथा स्थानीय जीवनशैलीको अवलोकन गरी तस्बिरमार्फत बंगलादेशमा प्रचार–प्रसार गरिनेछ।

२१ वर्षदेखिको सम्बन्ध

राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तको निमन्त्रणामा बंगलादेशी फोटो पत्रकार टोली नेपाल आएको हो। अध्यक्ष वन्तका अनुसार बंगलादेश फोटो पत्रकार संघ र नेपालका फोटो पत्रकारबीच विगत २१ वर्षदेखि भाइचारा, सहकार्य र आपसी सम्बन्ध कायम रहँदै आएको छ।

यस्ता भ्रमण, तस्बिर आदानप्रदान तथा पर्यटन प्रवर्द्धनका गतिविधिले नेपाल र बंगलादेशबीचको सम्बन्ध थप मजबुत बनाउन योगदान पुग्ने अध्यक्ष वन्तले बताए।

“फोटो पत्रकारितामार्फत एकअर्का देशका पर्यटन, संस्कृति, प्राकृतिक सौन्दर्य र जनजीवनलाई विश्वमाझ चिनाउन सकिन्छ,” उनले भने।

नेपाल भ्रमणका क्रममा बंगलादेशी फोटो पत्रकारले पोखरा र चितवनका प्रमुख पर्यटकीय तथा सांस्कृतिक स्थलको अवलोकन गरी तस्बिर खिच्नेछन्। ती तस्बिर तथा सामग्री बंगलादेशका सञ्चारमाध्यम र फोटो पत्रकारिताका विभिन्न माध्यमबाट प्रचार–प्रसार गरिनेछ।

सहकार्य विस्तारको तयारी

एनएफपीजे नेपालले दुई देशका फोटो पत्रकारबीच कायम २१ वर्ष पुरानो सम्बन्धलाई थप सुदृढ गर्दै आगामी दिनमा पर्यटन, संस्कृति, पत्रकारिता तथा व्यावसायिक सहकार्यका क्षेत्रमा थप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

फोटो पत्रकारबीचको नियमित भ्रमण र अनुभव आदानप्रदानले दुई देशको पर्यटन तथा सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ नजिक, पश्चिममा दूरी

नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal Seeks Economic Shift in Beijing Talks with China

Successful Partnerships Generate More Than The Sum Of Their Parts

विद्युत् प्राधिकरणको नाफा ३ अर्ब ८७ करोडले घट्यो

मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ नजिक, पश्चिममा दूरी

Ukrainian Missile Strike Kills Six in Russia’s Belgorod Region

नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu