ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युत् प्राधिकरणको नाफा ३ अर्ब ८७ करोडले घट्यो


ABC NEWS
१ भदौ २०८३, सोमबार   १० : ४५   बजे

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको खुद नाफा पछिल्लो आर्थिक वर्षमा ३ अर्ब ८७ करोड रुपैयाँले घटेको छ। आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणको खुद नाफा ५ अर्ब ४ करोड रुपैयाँमा सीमित भएको हो।

आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणले ८ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। त्यसअघि आर्थिक वर्ष २०८०/८१ मा नाफा १३ अर्ब ३१ करोड रुपैयाँ थियो।

प्राधिकरणका अनुसार विदेशी विनिमय दरमा आएको वृद्धिका कारण दायित्व बढ्नुका साथै ब्याज र ह्रासकट्टी खर्च बढ्दा नाफा घटेको हो। विदेशी विनिमयसम्बन्धी दायित्व २७२.८६ प्रतिशतले बढेर ११ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ।

विद्युत् बिक्रीबाट बढ्यो आम्दानी

आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणले विद्युत् बिक्री तथा अन्य आम्दानीबाट कुल १ खर्ब ६६ अर्ब रुपैयाँ आम्दानी गरेको छ। विद्युत् बिक्रीबाट मात्रै १ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ आम्दानी भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १८.२० प्रतिशत बढी हो।

विद्युत् चुहावट नियन्त्रण, कार्यसम्पादन सुधार र विद्युत् निर्यातमा भएको वृद्धिका कारण कुल नाफा १३.१७ प्रतिशतले बढेर ३१ अर्ब २३ करोड रुपैयाँ पुगेको प्राधिकरणले जनाएको छ। सञ्चालन मुनाफा पनि ७.२८ प्रतिशतले बढेर २४ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ।

प्राधिकरणको कुल सम्पत्ति ८.९ प्रतिशतले बढेर ७ खर्ब ७९ अर्ब १९ करोड २० लाख रुपैयाँ पुगेको छ। निर्माणाधीन पुँजीगत आयोजनामा २ खर्ब ६ अर्ब २६ करोड ७० लाख रुपैयाँ लगानी भएको छ।

२५ लाखभन्दा बढी ग्राहकलाई निःशुल्क विद्युत्

प्राधिकरणले ५ एम्पियरका २५ लाख ८८ हजार ६२४ घरेलु ग्राहकलाई २१ करोड ७३ लाख ३२ हजार १६६ युनिट विद्युत् निःशुल्क वितरण गरेको जनाएको छ।

प्राधिकरणको औसत विद्युत् बिक्री दर प्रतियुनिट ९ रुपैयाँ ६८ पैसा रहेको छ। प्रतिग्राहक औसत खपत बढेर २ हजार ८८ युनिट पुगेको छ।

अनलाइन माध्यमबाट मात्रै ४० अर्ब ९९ करोड रुपैयाँ महसुल संकलन भएको प्राधिकरणले जनाएको छ।

घिसिङले भने– नाफा घट्नुमा गम्भीर समीक्षा आवश्यक

पूर्वऊर्जामन्त्री कुलमान घिसिङले प्राधिकरणको नाफा घटिरहेको विषयमा गम्भीर समीक्षा र सुधार आवश्यक रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले प्राधिकरणको नाफा संकुचन हुँदै गएको भन्दै यसको विकल्प प्राधिकरणलाई कमजोर बनाउनु नभएको बताएका छन्। प्राधिकरणलाई अझ सक्षम, सबल, व्यावसायिक, पारदर्शी र जनउत्तरदायी बनाउनुपर्ने उनको भनाइ छ।

प्राधिकरणको ४१औँ वार्षिकोत्सवका अवसरमा शुभकामना दिँदै घिसिङले लोडसेडिङको अन्त्यदेखि झन्डै शतप्रतिशत विद्युतीकरण र विद्युत्को खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बन्नेसम्मको प्राधिकरणको यात्रालाई परिवर्तनको प्रेरणादायी उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।

उनले सक्षम नेतृत्व, इमानदार व्यवस्थापन र स्पष्ट उद्देश्य पाए सार्वजनिक संस्थान राष्ट्रिय समृद्धिका बलिया संवाहक बन्न सक्ने उल्लेख गर्दै विश्वसनीय विद्युत् सेवा, ऊर्जा आत्मनिर्भरता र विद्युत् निर्यात विस्तारमा प्राधिकरणको भूमिका अझ प्रभावकारी बन्नुपर्ने बताएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पार्टीभित्रको असन्तुष्टि सामाजिक सञ्जालमा नलैजान ओलीको चेतावनी

ट्रकको ठक्करबाट एमाले नेतृ सावित्रा सापकोटाको मृत्यु

सम्बन्धित

नागपञ्चमीमा नागपोखरीदेखि टौदहसम्म भक्तजनको घुइँचो

एनसेलले थप २०० भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै

मुख्यमन्त्री भट्टले हरेक १५ दिनमा सेती अस्पतालको अनुगमन गर्ने

नाइमा एक्स्पोमा पाँच हजार पाँच सय सवारी बुकिङ, करिब २० अर्बको कारोबार

रवि लामिछानेलाई भेटेर इप्पानले राख्यो ऊर्जा क्षेत्र सुधारका माग

एसेम्बल उद्योग स्थापना गरेर मात्रै औद्योगिकीकरण पूरा हुँदैन : सौरभ ज्योती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu