ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसेम्बल उद्योग स्थापना गरेर मात्रै औद्योगिकीकरण पूरा हुँदैन : सौरभ ज्योती


ABC NEWS
१ भदौ २०८३, सोमबार   ७ : २५   बजे

काठमाडौं । उद्यमी तथा नाइमा मोबिलिटीका संस्थापक सौरभ ज्योतीले नेपालमा एसेम्बल उद्योग स्थापना गरेर मात्रै औद्योगिकीकरण पूरा नहुने बताएका छन् । उनले आवश्यक पार्टपुर्जा तथा कम्पोनेन्टको स्थानीय उत्पादन बढाउँदै आपूर्ति शृङ्खला विकास गर्नुपर्नेमा जोड दिए ।

उनले औद्योगिकीकरणका लागि सरकारले स्पष्ट समयसीमा र औद्योगिक नीतिको निरन्तरता दिनुपर्ने बताए । नेपालको अटोमोबाइल क्षेत्रमा पछिल्ला वर्षमा एसेम्बल उद्योग विस्तार हुँदै गएको उल्लेख गर्दै अब पार्टपुर्जाको स्थानीय उत्पादन र आपूर्ति शृङ्खला विकासतर्फ अघि बढ्नुपर्ने उनको भनाइ छ ।

‘अटोमोबाइल क्षेत्रमा विशेषगरी ‘मेड इन नेपाल’भन्दा पनि पहिलो स्टेप ‘मेक इन नेपाल’ हो । ‘मेक इन नेपाल’ औद्योगिकीकरणको पहिलो चरण हो,’ उनले भने, ‘५–१० वर्षमा हामी ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’मा जान सक्छौँ र धेरै पार्ट्स, कम्पोनेन्ट तथा डोमेस्टिक मटेरियल कन्टेन्टतिर जान सक्छौँ ।’

नेपालमा पछिल्लो समय एक दर्जनभन्दा बढी एसेम्बल उद्योग स्थापना भइसकेको उनले बताए । चारपांग्रे सवारीतर्फ हुन्डाईको एसेम्बली उद्योग सञ्चालनमा रहेको तथा दुईपांग्रे सवारीतर्फ विभिन्न प्रमुख ब्रान्डका मोटरसाइकल तथा स्कुटर नेपालमै एसेम्बल हुँदै आएको उनले उल्लेख गरे ।

तर एसेम्बली उद्योग स्थापना गरेर मात्रै औद्योगिकीकरण पूरा नहुने उनको भनाइ छ । त्यसका लागि आवश्यक पार्टपुर्जा तथा कम्पोनेन्टको स्थानीय उत्पादन बढाउनुपर्ने र सरकारले स्पष्ट समयसीमासहितको नीति बनाएर त्यसको निरन्तरता सुनिश्चित गर्नुपर्ने उनले बताए ।

ज्योतीले अटोमोबाइल क्षेत्रले नेपालको अर्थतन्त्र र सरकारी राजस्वमा महत्वपूर्ण योगदान गरिरहेको दाबी गरे । आर्थिक वर्ष २०८२/८३ को तथ्यांकअनुसार अटोमोबाइल क्षेत्रको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा करिब ७ प्रतिशत योगदान रहेको र सरकारले यस क्षेत्रबाट करिब ८९ अर्ब रुपैयाँ राजस्व प्राप्त गर्दै आएको उनले बताए ।

नेपालमा विद्युतीय तथा अन्य स्वच्छ ऊर्जामा आधारित सवारीसाधनको प्रयोग बढाउन सरकारले लिएको नीतिलाई पनि उनले सकारात्मक रूपमा लिनुपर्ने बताए । पेट्रोलमा इथानोल मिसाउने नीतिले आयातित इन्धनमा निर्भरता घटाउनुका साथै प्रदूषण न्यूनीकरणमा समेत सहयोग पुग्ने उनको भनाइ छ ।

ज्योतीका अनुसार नेपालमा करिब ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले सिर्जना गरिरहेको छ भने निजी क्षेत्रले करिब ८२ प्रतिशत जीडीपीमा योगदान गरिरहेको छ । निजी क्षेत्रका उद्यमीलाई सम्मान र लगानीको सुरक्षा सुनिश्चित गर्न सके आगामी दशकमा नेपालको अर्थतन्त्रले ठूलो फड्को मार्न सक्ने उनले बताए ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१३ मन्त्रालयको ओएनएम सकियो, ९ हजार ६०७ कर्मचारीको दरबन्दी अभिलेखमा

अधिवेशनको मितिमा विवाद, निर्माण व्यवसायी संघको बैठकमै कुटाकुट

सम्बन्धित

आजदेखि डिलरबाटै एलपी ग्यास बिक्री, निगमले जारी गर्‍यो पाँचबुँदे निर्देशन

टौदोलमा डेरा फोडेर चोरी : चार पक्राउ, नगददेखि ल्यापटप र मोबाइलसम्म बरामद

मन्दिरबाहिर हरायो जुत्ता, काम लाग्यो च्याटजिपिटी : सयौँ जुत्ताबीच एआईले यसरी खोज्यो जोडी

स्मार्ट प्रहरीको सपना : प्रविधि भित्र्याएर मात्र नागरिकको विश्वास जितिँदैन

डलर स्थिर, युरो र पाउन्ड बढे : यस्तो छ सोमबारको विदेशी मुद्रा विनिमयदर

कुटपिटबाट घाइते औषधि व्यवसायीको मृत्यु, जाजरकोटमा पाँच जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu