ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजदेखि डिलरबाटै एलपी ग्यास बिक्री, निगमले जारी गर्‍यो पाँचबुँदे निर्देशन


ABC NEWS
१ भदौ २०८३, सोमबार   ७ : २५   बजे

काठमाडौं । नेपाल आयल निगमले भदौ १ गतेदेखि खाना पकाउने एलपी ग्यासको बिक्री–वितरण डिलरबाटै हुने जनाएको छ ।

निगमले सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका बिक्रेतामार्फत नियमित प्रक्रियाअनुसार ग्यास बिक्री–वितरणको व्यवस्था मिलाइएको जनाएको हो । निगमले उपभोक्तालाई आफूलाई पायक पर्ने ग्यास बिक्रेतासँग सम्पर्क गरी सिलिण्डर खरिद गर्न आग्रह गरेको छ ।

ग्यास वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन निगमले पाँचबुँदे निर्देशन जारी गरेको छ । जसअनुसार ग्यास उद्योगहरूले दैनिक बिक्री गर्ने बिक्रेता तथा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर र सिलिण्डर संख्यासहितको विवरण हरेक दिन बिहान ९ बजेसम्म निगमलाई उपलब्ध गराउनुपर्नेछ ।

यस्तै, ग्यास बिक्रेता तथा वितरकले बिक्री गरेको ग्यासको परिमाण, उपभोक्ताको नाम र सम्पर्क नम्बरसहितको विवरण दैनिक रूपमा तयार गरी सम्बन्धित उद्योगलाई बुझाउनुपर्नेछ । उद्योगले सोही दिन उक्त विवरण निगमलाई उपलब्ध गराउनुपर्नेछ ।

निगमले ग्यास वितरणमा अत्यावश्यक घरायसी प्रयोजनका उपभोक्तालाई उच्च प्राथमिकता दिन निर्देशन दिएको छ । ग्यास ढुवानी तथा वितरणमा सुरक्षाका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा गृह मन्त्रालयमार्फत सहजीकरणका लागि अनुरोध गरिएको निगमले जनाएको छ ।

त्यस्तै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँगको समन्वयमा निगमबाट खटिएका जनशक्तिसहितको संयुक्त टोलीले ग्यास वितरणको अनुगमन गर्ने व्यवस्था मिलाइएको छ ।

नजिकको बिक्रेताबाट कुनै कारणले ग्यास प्राप्त गर्न नसकेका र तत्काल ग्यास आवश्यक परेका उपभोक्ताले निगमको क्विक रेस्पोन्स टिम (क्यूआरटी) मा सम्पर्क गर्न सक्नेछन् । त्यसका लागि ९८५१४५५१२४ र ९८५१४५५१२८ नम्बरमा सम्पर्क गर्न निगमले आग्रह गरेको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१३ मन्त्रालयको ओएनएम सकियो, ९ हजार ६०७ कर्मचारीको दरबन्दी अभिलेखमा

अधिवेशनको मितिमा विवाद, निर्माण व्यवसायी संघको बैठकमै कुटाकुट

सम्बन्धित

एसेम्बल उद्योग स्थापना गरेर मात्रै औद्योगिकीकरण पूरा हुँदैन : सौरभ ज्योती

टौदोलमा डेरा फोडेर चोरी : चार पक्राउ, नगददेखि ल्यापटप र मोबाइलसम्म बरामद

मन्दिरबाहिर हरायो जुत्ता, काम लाग्यो च्याटजिपिटी : सयौँ जुत्ताबीच एआईले यसरी खोज्यो जोडी

स्मार्ट प्रहरीको सपना : प्रविधि भित्र्याएर मात्र नागरिकको विश्वास जितिँदैन

डलर स्थिर, युरो र पाउन्ड बढे : यस्तो छ सोमबारको विदेशी मुद्रा विनिमयदर

कुटपिटबाट घाइते औषधि व्यवसायीको मृत्यु, जाजरकोटमा पाँच जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu