ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रकको ठक्करबाट एमाले नेतृ सावित्रा सापकोटाको मृत्यु


ABC NEWS
१ भदौ २०८३, सोमबार   ११ : २५   बजे

कैलाली । ट्रकको ठक्करबाट नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार समिति सदस्य सावित्रा सापकोटाको मृत्यु भएको छ।

बर्दगोरिया गाउँपालिका–१ स्थित मुडा पुलनजिकै आज बिहान भएको दुर्घटनामा सापकोटाको मृत्यु भएको हो।

प्रहरीका अनुसार सापकोटा सवार से १–०१–००१ ख नम्बरको स्कुटरलाई नवलपरासी बर्दघाटका २६ वर्षीय दिनेश गिरीले चलाएको लु १–०१–०१० प ००४५ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी सापकोटालाई तत्काल उपचारका लागि दोदोधरा अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

चालक प्रहरी नियन्त्रणमा

दुर्घटनापछि ट्रक चालक गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार गिरीलाई महेन्द्र राजमार्गअन्तर्गत बर्दगोरिया गाउँपालिका र लम्कीचुहा नगरपालिकाको सीमा क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

प्रहरीले दुर्घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ।

२०७४ मा उपाध्यक्ष पदकी उम्मेदवार

सापकोटा एमालेमा सक्रिय नेतृका रूपमा कार्यरत थिइन्। उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा बर्दगोरिया गाउँपालिकाको उपाध्यक्ष पदमा एमालेबाट उम्मेदवार बनेकी थिइन्।

पछिल्लो समय उनी एमाले सुदूरपश्चिम प्रदेश कमिटीअन्तर्गत सल्लाहकार समितिमा रहेर पार्टीको गतिविधिमा सक्रिय थिइन्।

सापकोटाको दुर्घटनामा मृत्यु भएपछि एमालेका स्थानीय तथा प्रदेशस्तरका नेता–कार्यकर्ताले दुःख व्यक्त गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोशीमा मन्त्रिपरिषद् विस्तार रोकियो, नेकपाभित्रै मन्त्रीका आकाङ्क्षी धेरै

पूर्वाधार विकास मन्त्री लम्साल बिरामी, थप उपचारका लागि काठमाडौं लगियो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Cardamom Farmers in Taplejung See Strong Start to Harvest Season

Indonesia Earthquake Death Toll Climbs to 51 as Rescue Efforts Continue

कोशीमा मन्त्रिपरिषद् विस्तार रोकियो, नेकपाभित्रै मन्त्रीका आकाङ्क्षी धेरै

सुनको भाउ फेरि बढ्यो, तोलाको ३ लाख ६ हजार ८ सय रुपैयाँ

बद्री र हेमन्ताको ‘पति परमेश्वर’ सार्वजनिक

पूर्वाधार विकास मन्त्री लम्साल बिरामी, थप उपचारका लागि काठमाडौं लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu