ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाइमा एक्स्पोमा पाँच हजार पाँच सय सवारी बुकिङ, करिब २० अर्बको कारोबार


ABC NEWS
१ भदौ २०८३, सोमबार   १० : ३५   बजे

काठमाडौं। भृकुटीमण्डपमा साउन २६ देखि ३१ गतेसम्म सञ्चालन भएको नाइमा मोबिलिटी एक्स्पोमा १ लाख ८० हजार जनाले अवलोकन गरेका छन्। एक्स्पोमा करिब ५ हजार ५ सय चारपांग्रे र २ हजार दुईपांग्रे सवारीसाधन बुकिङ भएको आयोजकले जनाएको छ।

बुकिङ भएका सबै सवारी बिक्री भए करिब २० अर्ब रुपैयाँ बराबरको कारोबार हुने व्यवसायीहरूको अनुमान छ। उत्साहजनक बुकिङपछि केही व्यवसायीले केक काटेर र स्याम्पेन फोरेर खुसी मनाएका छन्।

एक्स्पोमा ५५ ब्रान्डका ४४ नयाँ मोडल सार्वजनिक गरिएको थियो। विद्युतीय सवारीसाधनमा दर्शकको विशेष आकर्षण देखिएको थियो। १८ लाखदेखि करिब ४ करोड रुपैयाँसम्मका सवारी एक्स्पोमा राखिएका थिए।

चारपांग्रेमा बीवाईडी, टाटा, चेरी, कियालगायतका ब्रान्डले उल्लेख्य बुकिङ पाएका छन्। बीवाईडीका एक हजारभन्दा बढी, टाटा र चेरीका ७ सयभन्दा बढी तथा कियाका ७ सयभन्दा बढी गाडी बुकिङ भएको जनाइएको छ। वुलिङका ४४३, आईकारका ४२१, ओमोडा जेकोका ३५०, एमजीका ३२९ र आर्कफक्सका २०० युनिट बुकिङ भएका छन्।

दुईपांग्रेमा एथर, याडिया, रोयल इनफिल्ड, सीएक्स मोटो र ट्रायम्फले राम्रो बुकिङ पाएका छन्। एथरका ४००, याडियाका १४५, रोयल इनफिल्डका १००, सीएक्स मोटोका २०० र ट्रायम्फका १०० युनिट बुकिङ भएका छन्।

नाइमा एक्स्पो संयोजक गौरव सारडाका अनुसार ३० देखि ३५ लाख रुपैयाँ मूल्यका गाडीमा बढी आकर्षण देखिएको छ। प्रवेशस्तरका गाडीप्रति बढेको चासोले नयाँ ग्राहकसमेत थपिएको उनको भनाइ छ।

नाइमा बोर्ड सदस्य निराकर श्रेष्ठले बुकिङ उत्साहजनक भए पनि कतिपय ग्राहकले एउटै समयमा दुई–तीनवटा मोडल बुक गरेकाले सबै बुकिङ बिक्रीमा परिणत नहुने बताए। उनका अनुसार कुल बुकिङमध्ये करिब ५० प्रतिशत मात्रै अन्तिम बिक्रीमा जाने अनुमान छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पार्टीभित्रको असन्तुष्टि सामाजिक सञ्जालमा नलैजान ओलीको चेतावनी

ट्रकको ठक्करबाट एमाले नेतृ सावित्रा सापकोटाको मृत्यु

सम्बन्धित

नागपञ्चमीमा नागपोखरीदेखि टौदहसम्म भक्तजनको घुइँचो

विद्युत् प्राधिकरणको नाफा ३ अर्ब ८७ करोडले घट्यो

एनसेलले थप २०० भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै

मुख्यमन्त्री भट्टले हरेक १५ दिनमा सेती अस्पतालको अनुगमन गर्ने

रवि लामिछानेलाई भेटेर इप्पानले राख्यो ऊर्जा क्षेत्र सुधारका माग

एसेम्बल उद्योग स्थापना गरेर मात्रै औद्योगिकीकरण पूरा हुँदैन : सौरभ ज्योती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu