ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुख्यमन्त्री भट्टले हरेक १५ दिनमा सेती अस्पतालको अनुगमन गर्ने


ABC NEWS
१ भदौ २०८३, सोमबार   १० : ३५   बजे

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा सुधारका लागि हरेक १५ दिनमा अस्पतालको अनुगमन गर्ने बताउनुभएको छ।

आइतबार सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापासहित अस्पताल पुग्नुभएका मुख्यमन्त्री भट्टले अस्पतालको अवस्थाबारे नियमित जानकारी लिने बताउनुभएको हो।

अनुगमनका क्रममा उहाँले आकस्मिक कक्षसँगै जोडिएको शौचालयलगायत अस्पतालका विभिन्न स्थानको निरीक्षण गर्नुभयो। अस्पतालको सरसफाइ तथा सेवा प्रवाहलाई चुस्तदुरुस्त राख्न उहाँले अस्पताल प्रशासनलाई निर्देशन दिनुभयो।

मुख्यमन्त्री भट्ट र सामाजिक विकासमन्त्री थापाले अस्पतालमा उपचाररत बिरामीसँग भेट गरी उनीहरूका समस्या तथा गुनासा समेत सुन्नुभयो। बिरामीहरूले उपचार सेवा, जनशक्ति र अस्पताल व्यवस्थापनसँग सम्बन्धित समस्या मुख्यमन्त्रीसमक्ष राखेका थिए।

सुदूरपश्चिममा सबैभन्दा बढी बिरामीको चाप रहने सेती प्रादेशिक अस्पतालमा जनशक्ति तथा भौतिक पूर्वाधारको अभावका कारण सेवा प्रवाह प्रभावित हुँदै आएको छ।

अस्पतालमा ५० शय्याको स्वीकृत दरबन्दी रहे पनि बिरामीको चापअनुसार सेवा दिन अस्पताल व्यवस्थापन समिति तथा विभिन्न कार्यक्रमअन्तर्गत चिकित्सक र स्वास्थ्यकर्मी नियुक्त गरेर सेवा सञ्चालन हुँदै आएको छ।

आवश्यक जनशक्ति र पूर्वाधार पर्याप्त नहुँदा उपचारका लागि आउने बिरामीले प्रभावकारी सेवा पाउन समस्या भोग्दै आएका छन्।

मुख्यमन्त्री भट्टले नियमित अनुगमन गर्ने घोषणा गरेसँगै अस्पतालको सेवा सुधार तथा व्यवस्थापनमा थप पहल हुने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पार्टीभित्रको असन्तुष्टि सामाजिक सञ्जालमा नलैजान ओलीको चेतावनी

ट्रकको ठक्करबाट एमाले नेतृ सावित्रा सापकोटाको मृत्यु

सम्बन्धित

नागपञ्चमीमा नागपोखरीदेखि टौदहसम्म भक्तजनको घुइँचो

विद्युत् प्राधिकरणको नाफा ३ अर्ब ८७ करोडले घट्यो

एनसेलले थप २०० भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै

नाइमा एक्स्पोमा पाँच हजार पाँच सय सवारी बुकिङ, करिब २० अर्बको कारोबार

रवि लामिछानेलाई भेटेर इप्पानले राख्यो ऊर्जा क्षेत्र सुधारका माग

एसेम्बल उद्योग स्थापना गरेर मात्रै औद्योगिकीकरण पूरा हुँदैन : सौरभ ज्योती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu