काठमाडौं । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन भएको छ। श्रेष्ठको गएराति बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको नेपाल भाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दरले जानकारी दिएका छन्।
श्रेष्ठ पछिल्लो ६ दशकदेखि निरन्तर साहित्य सिर्जनामा सक्रिय थिए। उनले नेपाल भाषासँगै नेपाली भाषामा पनि कविता, गीत तथा अन्य साहित्यिक विधामा कलम चलाएका थिए।
नेपाल भाषा परिषद्ले करिब दुई दशकअघि श्रेष्ठलाई ‘जनकवि’को उपाधिबाट सम्मान गरेको थियो। उनले नेपाल भाषामा एक दर्जनभन्दा बढी कृति प्रकाशित गरेका छन्।
नेपाल भाषा र नेपाली साहित्यको विकास तथा प्रवर्धनमा श्रेष्ठको महत्वपूर्ण योगदान रहेको साहित्यकारहरूले बताएका छन्। उनका सिर्जनाले विशेषगरी नेपाल भाषाको साहित्यिक विकासमा महत्वपूर्ण भूमिका खेलेको मानिन्छ।
वरिष्ठ कलाकार हरिवंश आचार्यले श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्