रोल्पा । लगातारको वर्षापछि आएको पहिरोले घर पुरिँदा रोल्पामा थप एक जनाको मृत्यु भएको छ।
लुङ्ग्री गाउँपालिका–५ धैरेनीकी ७२ वर्षीया अम्मी गुरुङको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। बिहान पहिरो खसेर घर पुरिँदा गुरुङको मृत्यु भएको प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए।
प्रहरीका अनुसार पछिल्लो चार दिनमा रोल्पामा पहिरोमा परी १८ जनाको मृत्यु भइसकेको छ। केही व्यक्ति अझै बेपत्ता रहेको र उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
लगातारको वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो जाने क्रम जारी रहेको छ। पहिरोको जोखिम बढेपछि स्थानीयवासीलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्