ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जाजरकोटमा पहिरो: ३ जना बेपत्ता, १० घाइते


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ९ : १५   बजे

जाजरकोट । अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा परी तीन जना बेपत्ता भएका छन्। पहिरोमा परी १० जना घाइते भएका छन्।

शनिबार दिउँसोदेखि लगातार परेको वर्षाका कारण रिसाङका विभिन्न स्थानमा पहिरो गएको हो। पहिरोमा परी भेरी नगरपालिका–२ की करिब ८७ वर्षीया रती खत्री, फारुलाकी करिब ५४ वर्षीया उमासिंह खत्री र चिसापानीका करिब ७० वर्षीय भीमबहादुर कार्की सम्पर्कविहीन भएका छन्। रती र उमासिंह आमाछोरा हुन्।

बेपत्ताको खोजी तथा घाइतेको उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ५० जनाको टोली परिचालन गरिएको छ।

घर तथा टहरामा क्षति

पहिरोले भेरी नगरपालिका–३ स्यालाका पूर्णबहादुर विकको ढुंगा–माटोले बनेको दुईतले कच्ची घर पूर्ण रूपमा क्षति भएको छ। घरमा रहेका पाँच जना आफन्तको घरमा आश्रय लिएर बसेका छन्।

सोही स्थानकी भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पहिरोले बगाएको छ। टहरा खाली रहेकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

१० जना घाइते

पहिरोमा परी घाइते भएकामध्ये रामबहादुर शाही, भद्राकली कार्की र केदार कार्कीलाई थप उपचारका लागि नेपालगञ्ज तथा सुर्खेत रिफर गरिएको छ।

रामबहादुरको छाती, टाउको र हातमा चोट लागेको छ भने भद्राकलीको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। केदार कार्की पनि घाइते भएका छन्।

अन्य घाइते सिद्धिबहादुर कामी, मनवीर चदरा, मनिषा विक, मोतीकला विक, अनिता कार्की, युनिश शाही र सुन्तली चदराको स्थानीय तथा जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

खोजी तथा उद्धार जारी

लगातार वर्षा भइरहेकाले पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य कठिन भइरहेको छ। बेपत्ता भएकाहरूको खोजीका लागि थप टोली परिचालन गरिएको छ भने आवश्यक परे हेलिकप्टरसमेत प्रयोग गर्ने तयारी भइरहेको छ।

जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रमा राहत तथा उद्धारको व्यवस्थापन गरिरहेको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशका विभिन्न क्षेत्रमा भारी वर्षा, सतर्क रहन मौसम विभागको आग्रह

ग्यास अभावमा नागरिक हैरान, बबरमहलमा वितरण थालिएपछि राहत

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

US Aircraft Carrier Set to Relieve Warship in Middle East Amid Sailor Concerns

Democrats Announce Revised Presidential Primary Calendar for 2028

WNBA Icons View League’s Scrutiny as Growing Pains

South Korea Proposes Formal Dialogue with North Korea to End Decades-Old War

One Killed, Four Injured in Downtown Lexington Shooting

Man Pleads Guilty to Federal Stalking Charges in UnitedHealthcare CEO Murder

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu