ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आग्रह


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ११ : ३५   बजे

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्।

चीनको ग्वाङ्झाउमा सुरु भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११औँ एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकारले लगानीको वातावरण निर्माण गरिरहेको बताए।

उनले देशमै रोजगारी सिर्जना गर्ने तथा एआई र सूचना प्रविधिको क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने गरी सरकारले नीतिगत रणनीति कार्यान्वयन गरिरहेको जानकारी दिए।

“सरकारले लगानीको माहोल बनाइरहेको छ। देशमै रोजगारीको वातावरण सिर्जना गर्ने वातावरण भइरहेको छ,” उनले भने, “एआई र सूचना प्रविधि क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने गरी नीतिगत रणनीतिहरू कार्यान्वयन भइरहेका छन्। त्यसैले नेपालमा ढुक्क भएर लगानी गर्न प्रवासी नेपालीहरूलाई आग्रह गर्दछु।”

पर्यटन, सूचना प्रविधि र ऊर्जामा लगानी गर्न आग्रह

अर्थमन्त्री वाग्लेले प्रवासी नेपालीलाई पर्यटन, सूचना प्रविधि, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषि तथा आयात प्रतिस्थापन हुने क्षेत्रमा लगानी गर्न आग्रह गरे।

“प्रवासी साथीहरू, अब नेपाल आएर ढुक्कसँग नेपालमा लगानी गर्नुहोस्। पर्यटन, सूचना प्रविधि, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषिमा र आयात प्रतिस्थापन हुने क्षेत्रमा लगानी गर्नुहोस्,” उनले भने।

सरकारले नतिजा देखिने गरी तीव्र गतिमा काम गरिरहेको दाबी गर्दै उनले बजेटमार्फत २७ वटा नयाँ कानुन ल्याएर लगानीमैत्री वातावरण निर्माण गर्ने प्रयास गरिएको बताए।

रोजगारी सिर्जनामा जोड

अर्थमन्त्री वाग्लेले सरकारले सम्मानजनक रोजगारी सिर्जनालाई प्राथमिकता दिएको बताए। देशमा रोजगारीका अवसर विस्तार गर्दै युवालाई स्वदेशमै काम गर्ने वातावरण बनाउन सरकार केन्द्रित रहेको उनको भनाइ छ।

सरकारको आम्दानी बढाउन कर प्रणालीमा सुधार गरिएको उल्लेख गर्दै उनले बजेटमार्फत आर्थिक राजकाजको दिशा परिवर्तन गर्ने प्रयास गरिएको बताए।

“पहिलो वर्ष सुधारको सुरुआत मात्रै गरेका छौँ,” वाग्लेले भने।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

इन्डोनेसियामा शक्तिशाली भूकम्प : ४७ जनाको मृत्यु, उद्धार कार्य तीव्र

गृहमन्त्री गुरुङ गोरखामा, नागरिकका गुनासा सुन्दै

सम्बन्धित

अरुणाचल प्रदेशमा बाढीमा परी पाँच भारतीय सैनिक बेपत्ता

२४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, १२२ घाइते

भाटभटेनी भक्तपुर स्टोर भदौ १ गतेदेखि २४ घण्टा खुल्ने

भदौमा वाणिज्य बैंकहरूको मुद्दती निक्षेपको ब्याजदर घट्यो

विकास निर्माणमा स्थानीयको निगरानी र सरकारी निकायसँग समन्वय आवश्यक : मन्त्री खत्री

ओलीको आक्रोश– ‘१९० तोला सुनको स्रोत खोज्न नपाइने, हाम्रो स्टकोटको खोज्ने?’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu