ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीको आक्रोश– ‘१९० तोला सुनको स्रोत खोज्न नपाइने, हाम्रो स्टकोटको खोज्ने?’


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ११ : ४५   बजे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारबाट देश सञ्चालन हुन नसक्ने टिप्पणी गर्नुभएको छ। इलाममा लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गर्नुभएको हो।

अध्यक्ष ओलीले आफू र अन्य नेतामाथि सरकारले प्रतिशोध साँधेको आरोप लगाउनुभयो। सरकारले आफूलाई पक्राउ गर्नुका साथै रमेश लेखक लगायतका नेताहरूलाई समेत पक्राउ गरेको र झुटा मुद्दा लगाउने प्रयास गरेको उहाँको दाबी थियो।

उहाँले सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगप्रति समेत प्रश्न उठाउनुभयो। कानुनको प्रयोगमा विभेद गरिएको दाबी गर्दै ओलीले आफूहरूमाथि मात्रै सम्पत्तिको स्रोत खोज्ने काम भएको आरोप लगाउनुभयो।

“१९० तोला सुनको पनि खोजबिन गर्न नपाइने। हाम्रो चाहिँ यो लगाएको कपडा कुन पैसाले किनेको छ भनेर सोध्ने? यो स्टकोट कहाँबाट आयो? कुन टेलरले सिलाएको? धागो कहाँबाट ल्याइयो? मेसिनले सिलाइसक्यो कि हातले सिलाइसक्यो भनेर खोज्ने?” उहाँले प्रश्न गर्नुभयो।

ओलीले सरकारका निकायमा आफू अनुकूल व्यक्तिलाई नियुक्त गरिएको आरोपसमेत लगाउनुभयो। जानकार तथा सक्षम व्यक्तिलाई हटाएर आफ्ना निकट व्यक्तिलाई नियुक्त गर्ने काम भएको उहाँको दाबी थियो।

‘सरकारले आफैँ साम्प्रदायिक विद्वेष भड्कायो’

अध्यक्ष ओलीले सुनसरीमा सरकारले आफैँ साम्प्रदायिक विद्वेष र हिंसा भड्काएको आरोप पनि लगाउनुभयो।

“आफैँ विद्वेष, झगडा लगाउन खोज्ने। गोलबजार, सुनसरीमा विभिन्न किसिमको हिंसा भड्काइयो। आफ्ना कार्यकर्ता भेला गरेर फेरि एउटा सम्झौता गरेर अनि आन्दोलन साम्य पारे”, उहाँले भन्नुभयो।

ओलीले सरकारको पछिल्लो गतिविधिले मुलुकमा अस्थिरता र द्वन्द्व बढाउने काम गरेको दाबी गर्नुभयो। आफूहरू विचलित हुनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उहाँले देश निर्माणमा सबै एकजुट हुनुपर्ने बताउनुभयो।

उहाँले प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिएको भन्दै त्यसप्रति समेत आपत्ति जनाउनुभयो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुर्गा प्रसाईंको घरमा प्रहरी पुगेको परिवारको दाबी, प्रहरी अधिकारी भन्छन्– जानकारी छैन

उच्च अदालत बार पाटनको अध्यक्षमा पीपीएलएका सेवन्तराज निरौला विजयी

सम्बन्धित

२४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, १२२ घाइते

भाटभटेनी भक्तपुर स्टोर भदौ १ गतेदेखि २४ घण्टा खुल्ने

भदौमा वाणिज्य बैंकहरूको मुद्दती निक्षेपको ब्याजदर घट्यो

विकास निर्माणमा स्थानीयको निगरानी र सरकारी निकायसँग समन्वय आवश्यक : मन्त्री खत्री

खराब कर्जाको समस्या कायमै: नाफा बढ्दा पनि बैंकहरूको वित्तीय स्वास्थ्यमा पूर्ण सुधार भएन

प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu