ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठुलोलुम्पेकमा व्यावसायिक कृषिको आकर्षण बढ्दो, सडक र सिँचाइ मुख्य चुनौती


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   १२ : २५   बजे

गुल्मी । सत्यवती गाउँपालिका–३ ठुलोलुम्पेकमा व्यावसायिक कृषि खेतीतर्फ स्थानीयको आकर्षण बढ्दै गएको छ। यहाँ परिवारमुखी खेतीसँगै व्यक्ति, समूह तथा कृषि फर्ममार्फत तरकारी तथा पशुपालन व्यवसाय सञ्चालन भइरहेको छ।

ठुलोलुम्पेक बोरहका इन्द्र विश्वकर्मा र प्रेमकला गाहा दम्पतीले पाँच वर्षभन्दा बढी समयदेखि पूर्णिमा अर्गानिक कृषि तथा पशुपंक्षी फर्म सञ्चालन गर्दै आएका छन्। फर्ममा खुर्सानी, प्याज, काँक्रा, टमाटर, क्याप्सिकम, सिमी लगायतका तरकारी उत्पादनसँगै बंगुर र कुखुरापालनसमेत भइरहेको छ।

कृषक इन्द्र विश्वकर्माका अनुसार कृषि तथा पशुपालनबाट वार्षिक १५ देखि १७ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ। फर्ममा अहिले चार हजारभन्दा बढी क्याप्सिकमका बिरुवा तयार छन्। दम्पतीले कालो र सेतो जातका बंगुर पालन गरी पाठापाठी बिक्रीसमेत गर्दै आएका छन्।

विश्वकर्माका अनुसार व्यवसायमा मुख्य समस्या सडकको अभाव हो। उनकी पत्नी प्रेमकला गाहा स्थानीय जनप्रतिनिधिसमेत हुन्। उनी गाउँका सामुदायिक कामसँगै कृषि व्यवसाय विस्तार र छिमेकीलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न सक्रिय छिन्।

यस्तै, ठुलोलुम्पेककै २० वर्षीय युवा लिला राहादीले पनि दुई वर्षदेखि व्यावसायिक कृषि खेती गर्दै आएका छन्। विद्यालय उमेरदेखि नै कृषिमा रुचि राख्दै आएका उनले पाँच रोपनी जग्गामा टमाटर, खुर्सानी र गोपी खेती गरेका छन्। उच्च भूभागमा खेती गर्नुपर्ने भएकाले सिँचाइको समस्या रहेको उनको भनाइ छ।

बजार र जलवायु मुख्य चुनौती

ठुलोलुम्पेकका अगुवा कृषक खोमा तरामुका अनुसार किसानका मुख्य समस्या उत्पादनको उचित मूल्य नपाउनु, जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्दै जानु र सडकको अभावका कारण उत्पादन समयमै बजार पुर्‍याउन नसक्नु हुन्।

उच्च भूभागमा रहेकाले हावाहुरी, असिना तथा विभिन्न रोगका कारण पनि किसानले क्षति व्यहोर्नुपरेको उनले बताए। ठूलो परिमाणमा कृषि उत्पादन गर्ने उद्देश्यले विभिन्न उत्पादन इकाइ स्थापना गर्ने योजना रहेको तरामुले जानकारी दिए।

५०० भन्दा बढी टर्नेलमा तरकारी खेती

सत्यवती गाउँपालिका–३ का वडाध्यक्ष जितबहादुर तरामुका अनुसार ठुलोलुम्पेकमा मात्रै ५०० भन्दा बढी टर्नेलमा व्यावसायिक टमाटर तथा अन्य तरकारी खेती भइरहेको छ।

अस्थायी टर्नेल प्रयोग गर्दा हरेक वर्ष व्यवस्थापनमा समस्या हुने गरेको छ। स्थायी आइरन टर्नेल, सिँचाइ र सडकको अभाव भने अझै मुख्य चुनौतीका रूपमा रहेको वडाध्यक्ष तरामुले बताए।

गाउँपालिकाले कृषि क्षेत्रलाई व्यावसायिक बनाउन २५ हजार अलैँचीका बिरुवा वितरण गरेको छ। साथै कफी तथा चिया खेती विस्तार, बहुवर्षे कृषि उत्पादन तथा उन्नत भैँसी र बाख्रापालनलाई समेत प्राथमिकता दिइएको छ।

स्थानीयको बढ्दो आकर्षण र युवाको सहभागिताले ठुलोलुम्पेकमा कृषि व्यवसायको सम्भावना बढाए पनि बजार, सडक, सिँचाइ र जलवायुजन्य जोखिम समाधान गर्न सके यहाँको कृषि उत्पादन अझ विस्तार गर्न सकिने देखिन्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कपिलवस्तुमा तीन घण्टामै ६२.२ मिलिमिटर वर्षा, विभिन्न प्रदेशमा वर्षा जारी

जाजरकोटमा पहिरोबाट ३०० जनाभन्दा बढीको उद्धार, आठ घाइते र चार शव फेला

सम्बन्धित

कैलालीका १३ स्थानीय तहमा ‘एक स्थानीय तह दुई उत्पादन’ अभियान

फक्ताङ्लुङका किसानलाई साढे चार लाख अलैँचीका बिरुवा वितरण

पहिरो पन्छाएपछि पृथ्वी राजमार्गमा यातायात सुचारु

बैतडीका प्रेमबहादुरको मौरीपालन : ५० घारबाट वर्षमा दुई क्विन्टल मह

धनगढीमा व्यावसायिक ड्रागन फ्रुट खेती

बैतडीमा मौरीपालनबाट वार्षिक तीन लाखसम्म आम्दानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu