धनगढी । धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी कृषि उद्यमी रिता अवस्थीले एक बिघा क्षेत्रफलमा व्यावसायिक रूपमा ड्रागन फ्रुट खेती गर्नुभएको छ।
भारतको कोलकाताबाट ड्रागन फ्रुटका बिरुवा ल्याएर केही वर्षअघि परीक्षणका रूपमा खेती सुरु गर्नुभएकी अवस्थीले उत्पादन राम्रो हुन थालेपछि खेतीलाई व्यवस्थित र व्यावसायिक रूपमा विस्तार गर्दै लैजानुभएको हो।
अवस्थीका अनुसार परीक्षणका क्रममा उत्पादन र बजारको सम्भावना राम्रो देखिएपछि ड्रागन फ्रुट खेतीलाई थप विस्तार गर्ने योजना रहेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्