ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किसानदेखि उपभोक्तासम्मका बिचौलिया घटाउने सरकारको तयारी


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ४ : ३५   बजे

काठमाडौँ । किसान र उपभोक्ताबीचको मूल्य अन्तर घटाउँदै कृषि क्षेत्रको आपूर्ति शृङ्खला सुधार गर्न सरकारले सुझाव कार्यदल गठन गरेर अध्ययन थालेको छ।

कृषि, वन तथा वातावरण मन्त्रालयसहित सम्बन्धित सरोकारवालाबीच छलफलपछि गठित **‘आपूर्ति शृङ्खला सुधारका लागि सुझाव कार्यदल’**ले किसानले उत्पादनको उचित मूल्य नपाउने र उपभोक्ताले महँगोमा खरिद गर्नुपर्ने अवस्था अन्त्य गर्ने उपायबारे अध्ययन गरिरहेको छ।

किसानदेखि उपभोक्तासम्म पाँच तहका बिचौलिया

कृषि विभागका उपमहानिर्देशक डा. दिवसराज विष्टको संयोजकत्वमा गठित कार्यदलको प्रारम्भिक अध्ययनअनुसार कृषि उपज किसानदेखि उपभोक्तासम्म पुग्दा पाँच तहसम्मका बिचौलिया संलग्न हुने गरेका छन्।

सरकारले अनावश्यक तह घटाएर बिचौलियाको संख्या दुई वा तीन तहमा सीमित गर्ने लक्ष्य राखेको छ। आपूर्ति शृङ्खला सुधारसम्बन्धी सिफारिस कार्यान्वयनमा आए किसानले प्राप्त गर्ने मूल्यमा करिब ३० प्रतिशतसम्म वृद्धि हुन सक्ने कार्यदलको प्रारम्भिक अनुमान छ।

१२ प्रमुख बजार तथा उत्पादनस्थलबाट तथ्याङ्क सङ्कलन

सुधारका ठोस उपाय पहिचान गर्न कार्यदलले देशका १२ वटा प्रमुख कृषि बजार तथा उत्पादनस्थलबाट स्थलगत तथ्याङ्क सङ्कलन गरिरहेको छ।

कार्यदलले बजारको मागअनुसार खेती गर्ने प्रणाली, कृषि उपजको भण्डारण, प्रशोधन तथा प्याकेजिङ सुधार र उत्पादनपछिको नोक्सानी न्यूनीकरणका उपायबारे सुझाव दिनेछ। साथै, किसानलाई बजारको माग र मूल्यबारे समयमै जानकारी उपलब्ध गराउन बजार सूचना प्रणाली विकास गर्ने विषयमा समेत अध्ययन भइरहेको छ।

खेतबाट सिधै उपभोक्तासम्म पुर्‍याउने तयारी

सरकारले कृषि उपज खेतबारीबाट सिधै उपभोक्ताको घरसम्म पुर्‍याउने प्रणाली विकास गर्न नयाँ प्रविधि तथा डेलिभरी स्टार्टअपलाई प्रोत्साहन गर्ने नीति अघि सारेको छ।

यसबाट अनावश्यक बिचौलियाको तह घट्नुका साथै किसानले बढी मूल्य पाउने र उपभोक्ताले तुलनात्मक रूपमा उचित मूल्यमा कृषि उपज खरिद गर्न सक्ने अपेक्षा गरिएको छ।

एक महिनाभित्र प्रतिवेदन

कार्यदलले पछिल्लो १५ दिनदेखि स्थलगत तथ्याङ्क सङ्कलन गरिरहेको छ। आगामी एक महिनाभित्र नीतिगत निर्णय र कार्यान्वयनका ठोस उपायसहितको प्रतिवेदन पेस गर्ने तयारी रहेको जनाइएको छ।

किसानले उचित मूल्य नपाउने र उपभोक्ताले उच्च मूल्य तिर्नुपर्ने अवस्थाको अन्त्य गर्दै कृषि क्षेत्रको आपूर्ति प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउने सरकारको लक्ष्य छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

खगेन्द्र सुनारको प्रस्तुतिप्रति सभामुख अर्यालको ध्यानाकर्षण

जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध : अर्थमन्त्री वाग्ले

सम्बन्धित

किसानदेखि उपभोक्तासम्मका बिचौलिया घटाउने सरकारको तयारी

सात वर्षदेखि अलपत्र लोकतान्त्रिक सिँचाइ योजना, किसान अझै पानीको पर्खाइमा

भारतको अनुदानमा नेपालमा आठ उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालन हुने

सल्यानका किसानलाई वर्षाले राहत, ९० प्रतिशत धान रोपाइँ सम्पन्न

सुदूरपश्चिममा मलको अभाव, डीएपीको आपूर्ति झन् कमजोर

ओखलढुङ्गामा ९९.८१ प्रतिशत धान रोपाइँ सम्पन्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu