ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यवसायीलाई कपास खेतीमा लगानी गर्न उद्योगमन्त्री यादवको आग्रह


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   १० : ०५   बजे

काठमाडौं । उद्योगमन्त्री गौरीकुमारी यादवले व्यवसायी तथा निजी क्षेत्रलाई कपास खेतीमा लगानी गर्न आह्वान गरेकी छन् ।

नेपालका कपडा उद्योगले आवश्यक कच्चा पदार्थका रूपमा ठूलो परिमाणमा कपास विदेशबाट आयात गर्नुपर्ने अवस्था अन्त्य गर्न स्वदेशमै कपास उत्पादन बढाउनुपर्ने उनको भनाइ छ ।

मन्त्री यादवले स्वदेशमै कपास उत्पादन गरी कपडा उद्योगका लागि आवश्यक कच्चा पदार्थको आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले निजी क्षेत्रलाई कपास खेतीतर्फ आकर्षित हुन आग्रह गरेकी हुन् ।

यस विषयमा मन्त्री यादवले कृषि मन्त्री गीता चौधरीसँग समेत भेट गरी नेपालमा कपास खेती विस्तार गर्नेबारे छलफल गरेकी थिइन् । छलफलका क्रममा कृषि मन्त्री चौधरीले दाङ, बाँके र बर्दियालगायत जिल्लामा कपास खेतीका लागि उपयुक्त वातावरण रहेको बताएकी थिइन् ।

नेपालमा कपास खेतीको पर्याप्त सम्भावना भए पनि व्यावसायिक रूपमा ठूलो क्षेत्रफलमा खेती हुन नसक्दा कपडा उद्योग आवश्यक कच्चा पदार्थका लागि विदेशमा निर्भर हुँदै आएका छन् ।

सरकारले कपडा उद्योगसँगै कपास उत्पादनलाई प्राथमिकता दिन सके आयात प्रतिस्थापन, रोजगारी सिर्जना र किसानको आम्दानी वृद्धि गर्न सकिने अपेक्षा गरिएको छ ।

यसैबीच, लामो समयदेखि बन्द रहेको बुटवल धागो कारखाना पुनः सञ्चालन गर्ने प्रक्रिया पनि अघि बढेको छ । उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतका अनुसार कारखाना सञ्चालनका लागि सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्वप्रधानमन्त्रीका सचिवालयसँग जोडिएका व्यक्तिमाथि अख्तियारको अनुसन्धान तीव्र

तीन महिनापछि काठमाडौँ विश्वविद्यालयले पायो नयाँ उपकुलपति, प्राडा विवेक बराल नियुक्त

सम्बन्धित

किसानदेखि उपभोक्तासम्मका बिचौलिया घटाउने सरकारको तयारी

किसानदेखि उपभोक्तासम्मका बिचौलिया घटाउने सरकारको तयारी

सात वर्षदेखि अलपत्र लोकतान्त्रिक सिँचाइ योजना, किसान अझै पानीको पर्खाइमा

भारतको अनुदानमा नेपालमा आठ उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालन हुने

सल्यानका किसानलाई वर्षाले राहत, ९० प्रतिशत धान रोपाइँ सम्पन्न

सुदूरपश्चिममा मलको अभाव, डीएपीको आपूर्ति झन् कमजोर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu