काठमाडौं । जनता समाजवादी पार्टी नेपालले २७९ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ। जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबीच एकीकरण भएपछि दुवै पार्टीको केन्द्रीय समिति समायोजन गरी नयाँ समिति गठन गरिएको हो।
पार्टी अध्यक्ष उपेन्द्र यादवका अनुसार पार्टी विधानको धारा ८७ को उपधारा २ बमोजिम नयाँ केन्द्रीय समिति गठन गरिएको हो।
नवगठित केन्द्रीय समितिको संरक्षकमा महन्थ ठाकुर र अध्यक्षमा उपेन्द्र यादव रहेका छन्। सहअध्यक्षमा शरत्सिंह भण्डारी तथा वरिष्ठ नेतामा रकम चेम्जोङ रहेका छन्।
उपाध्यक्षमा उमाकान्त झा, गोविन्द चौधरी, जितेन्द्रप्रसाद सोनार, निलम वर्मा, परमेश्वर साह, राजकिशोर यादव र रेणु कुमारी यादव चयन भएका छन्।
त्यस्तै महासचिवमा प्रकाश अधिकारी, लालबाबु राउत र डा. सुरेन्द्रकुमार झा चयन भएका छन्। समितिमा सात जना उपमहासचिव र ११ जना सचिव रहेका छन्।
कोषाध्यक्षको जिम्मेवारी सुरिता कुमारी साहले पाएकी छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्