ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धनकुटा चारखोलेमा बस दुर्घटना, तीन यात्रु घाइते


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   २ : २५   बजे

धनकुटा साउन ३१ । कोसी लोकमार्गअन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित चारखोले गोलाइमा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

धरानबाट तेह्रथुमतर्फ जाँदै गरेको को १ ख ५१०५ नम्बरको बस आइतबार बिहान अनियन्त्रित भई सडकछेउमा पल्टिँदा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमन्त भण्डारी क्षेत्रीका अनुसार दुर्घटनामा तेह्रथुमको छथर गाउँपालिका–१ की ११ वर्षीया नुमा लिम्बू, छथर गाउँपालिका–४ का ६९ वर्षीय कविराज थापा र सोही ठाउँकी ५६ वर्षीया शुकमाया लिम्बू घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानपठाएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइते तीनै जनाको अवस्था सामान्य रहेको छ। बस अनियन्त्रित हुनुको कारणबारे भने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस इतर समूहको भेलामा खड्का र शेखर अनुपस्थित

पाँचतारे होटलमा ग्यास मौज्दातबारे टिप्पणीप्रति चेम्बरको आपत्ति

सम्बन्धित

महँगो इभी र चार्जिङ पूर्वाधारको अभाव मुख्य चुनौती

अरुणाचल प्रदेशमा बाढीमा परी पाँच भारतीय सैनिक बेपत्ता

२४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, १२२ घाइते

भाटभटेनी भक्तपुर स्टोर भदौ १ गतेदेखि २४ घण्टा खुल्ने

भदौमा वाणिज्य बैंकहरूको मुद्दती निक्षेपको ब्याजदर घट्यो

विकास निर्माणमा स्थानीयको निगरानी र सरकारी निकायसँग समन्वय आवश्यक : मन्त्री खत्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu