ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्री गुरुङ गोरखामा, नागरिकका गुनासा सुन्दै


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   १ : २५   बजे

गण्डकी । गृहमन्त्री सुधन गुरुङ आफ्नो गृहजिल्ला गोरखामा पुगेर नागरिकका समस्या र गुनासा सुन्न व्यस्त छन्। आफ्नो निर्वाचन क्षेत्र गोरखा–१ अन्तर्गतका विभिन्न स्थानमा पुगेर उनले स्थानीयस्तरमा भइरहेका विकास गतिविधि, सार्वजनिक सेवा प्रवाह र सुरक्षा अवस्थाबारे जानकारी लिइरहेका छन्।

शुक्रबार गोरखा पुगेका गृहमन्त्री गुरुङले विभिन्न विकास आयोजनाको अनुगमन गर्नुका साथै जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिएका छन्। प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठका अनुसार गृहमन्त्रीको जिल्लामा कुनै औपचारिक कार्यक्रम छैन। निर्वाचन क्षेत्र भ्रमणका क्रममा उनले नागरिकसँग प्रत्यक्ष भेटघाट र संवाद गरिरहेका छन्।

शनिबार भीमसेन थापा गाउँपालिकाका स्थानीयवासीले सुकुम्बासी व्यवस्थापन, नदी डुबानलगायतका समस्या गृहमन्त्रीसमक्ष राखेका थिए। जवाफमा गुरुङले नागरिकका समस्या र गुनासा समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

सडकदेखि मल अभावसम्मका गुनासा

स्थानीयवासीसँगको भेटघाटमा सडक पूर्वाधार, खानेपानी, विद्युत्, सुरक्षा, रासायनिक मलको अभाव, विपद् व्यवस्थापन र सार्वजनिक सेवा प्रवाहलगायत विषयमा छलफल भएको छ।

गृहमन्त्री गुरुङले नागरिकले भोग्दै आएका समस्या पहिचान गरी सम्बन्धित निकायमार्फत यथाशीघ्र समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले शान्ति सुव्यवस्था कायम गर्दै राज्यबाट प्राप्त हुने सेवासुविधा छिटो, छरितो र पारदर्शी ढङ्गले नागरिकसम्म पुर्‍याउने प्रतिबद्धता पनि व्यक्त गरे।

गृहमन्त्री गुरुङ आइतबारसम्म आफ्नो निर्वाचन क्षेत्रमा रहने जनाइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पाँचतारे होटलमा ग्यास मौज्दातबारे टिप्पणीप्रति चेम्बरको आपत्ति

इन्डोनेसियामा शक्तिशाली भूकम्प : ४७ जनाको मृत्यु, उद्धार कार्य तीव्र

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Germany’s Ruling Coalition Hits Five-Year Low in Popularity

Landslide in Nepal’s Jajarkot District Claims Three Lives, Two Remain Missing

पाँचतारे होटलमा ग्यास मौज्दातबारे टिप्पणीप्रति चेम्बरको आपत्ति

महँगो इभी र चार्जिङ पूर्वाधारको अभाव मुख्य चुनौती

धनकुटा चारखोलेमा बस दुर्घटना, तीन यात्रु घाइते

इन्डोनेसियामा शक्तिशाली भूकम्प : ४७ जनाको मृत्यु, उद्धार कार्य तीव्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu