ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इन्डोनेसियामा शक्तिशाली भूकम्प : ४७ जनाको मृत्यु, उद्धार कार्य तीव्र


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   १ : २५   बजे

लाबुआन । इन्डोनेसियाको पूर्वी क्षेत्रमा गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि उद्धार टोलीले भग्नावशेष र पहिरोमा पुरिएका मानिसको खोजी तीव्र पारेका छन्।

भूकम्पमा परी कम्तीमा ४७ जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन्। हजारौँ मानिस घरबारविहीन भएर विस्थापित भएका छन्।

राष्ट्रिय विपद् व्यवस्थापन निकायका अनुसार मङ्गराई क्षेत्रमा २४ जना र पूर्वी मङ्गराईमा १७ जनाको मृत्यु भएको छ। सिक्का, न्गाडा र एन्डे क्षेत्रमा पनि मानवीय क्षति भएको जनाइएको छ।

समुद्रको सतह नजिक केन्द्रबिन्दु

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्प पूर्वी नुसा तेङ्गारा प्रान्तको एन्डेबाट उत्तर–उत्तरपश्चिमतर्फ ६८ किलोमिटर टाढा केन्द्रबिन्दु भएर गएको थियो। भूकम्पको केन्द्र समुद्र सतहदेखि करिब १० किलोमिटर गहिराइमा रहेको थियो।

भूकम्पले फ्लोरेस टापुको अधिकांश भाग हल्लाएको थियो। यसको धक्का छिमेकी पश्चिमी नुसा तेङ्गारा तथा दक्षिणी सुलावेसीका केही क्षेत्रमा समेत महसुस गरिएको थियो।

नौ सयभन्दा बढी घर ध्वस्त

विपद् व्यवस्थापन निकायका अनुसार भूकम्पबाट नौ सयभन्दा बढी घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने करिब चार सय ५० घरमा आंशिक क्षति पुगेको छ। करिब पाँच हजार मानिस अस्थायी आश्रयस्थलमा बस्न बाध्य भएका छन्।

शक्तिशाली परकम्पको त्रासका कारण थप हजारौँ स्थानीयवासीले खुला आकाशमुनि रात बिताएका छन्। विद्यालय, स्वास्थ्य केन्द्र र चर्चसहित कम्तीमा एक सय ६७ सार्वजनिक संरचनामा समेत क्षति पुगेको छ।

राहत र उद्धारमा चुनौती

राहतकर्मीले प्रभावित क्षेत्रमा चामल, तयारी खाना, खानेपानी, कम्बल र औषधि वितरण सुरु गरेका छन्। विस्थापितका लागि अस्थायी आश्रयस्थल निर्माण भइरहेको छ।

विद्युत् तथा सञ्चार सेवा पुनःस्थापना गर्नु र पहिरोका कारण सम्पर्कविच्छेद भएका दुर्गम गाउँमा राहत सामग्री पुर्‍याउनु उद्धार टोलीका लागि मुख्य चुनौती बनेको छ। भूकम्पबाट कोमोडो राष्ट्रिय निकुञ्जको प्रवेशद्वार मानिने लाबुआन बाजो क्षेत्रसमेत प्रभावित भएको छ।

पहिरोका कारण फ्लोरेसका विभिन्न बस्ती जोड्ने करिब सात सय किलोमिटर लामो ट्रान्स–फ्लोरेस राजमार्गका केही खण्ड अवरुद्ध भएका छन्। क्षतिग्रस्त घरमा फर्किन जोखिम भएपछि धेरै स्थानीयवासीले बाहिरै रात बिताएका छन्।

लाबुआन बाजोकी किसान अनास्तासिया इमादले भूकम्पको कम्पन निकै तीव्र र डरलाग्दो रहेको बताइन्। परकम्पका कारण घर भत्किएर आफूहरूमाथि खस्ने डरले अस्थायी आश्रयस्थलमा बस्नुपरेको उनले बताइन्।

दुर्गम क्षेत्रमा खोजी जारी

पहुँच कठिन रहेका मङ्गराई, पूर्वी मङ्गराई र नागेकेओलगायत क्षेत्रमा उद्धार टोलीले खोजी कार्य जारी राखेका छन्। मौमेरेस्थित खोज तथा उद्धार कार्यालयका प्रमुख फतुर रहमानका अनुसार अधिकांश पहिरो हटाएर केही पृथक गाउँमा सडक सम्पर्क पुनःस्थापित गरिएको छ।

तर सञ्चार र विद्युत् सेवा अवरुद्ध हुँदा खोजी तथा उद्धारमा समस्या भइरहेको छ। उद्धारकर्ताले भत्किएका घर तथा अन्य संरचनाको भग्नावशेषमा सम्भावित पीडितको खोजी गरिरहेका छन्।

भूकम्पको उच्च जोखिममा इन्डोनेसिया

१७ हजारभन्दा बढी टापु रहेको इन्डोनेसिया प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्छ। सक्रिय ज्वालामुखी र फल्ट लाइनका कारण इन्डोनेसिया भूकम्प तथा ज्वालामुखी गतिविधिको उच्च जोखिममा रहेको मुलुक हो।

सन् १९९२ मा फ्लोरेस क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछि आएको सुनामीमा करिब दुई हजार पाँच सय जनाको मृत्यु भएको थियो। सन् २०१८ मा ७.५ म्याग्निच्युडको भूकम्पपछि आएको सुनामी र भू–तरलीकरणका कारण पालु सहरमा ठूलो विनाश भएको थियो, जसमा चार हजार चार सयभन्दा बढी मानिसको मृत्यु भएको थियो।

त्यसैगरी, सन् २००४ को डिसेम्बरमा सुमात्रा टापु नजिकै गएको ९.१ म्याग्निच्युडको भूकम्पपछि आएको विनाशकारी सुनामीले हिन्द महासागर क्षेत्रका एक दर्जनभन्दा बढी देशमा करिब दुई लाख ३० हजार मानिसको ज्यान लिएको थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पाँचतारे होटलमा ग्यास मौज्दातबारे टिप्पणीप्रति चेम्बरको आपत्ति

इन्डोनेसियामा शक्तिशाली भूकम्प : ४७ जनाको मृत्यु, उद्धार कार्य तीव्र

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Germany’s Ruling Coalition Hits Five-Year Low in Popularity

Landslide in Nepal’s Jajarkot District Claims Three Lives, Two Remain Missing

पाँचतारे होटलमा ग्यास मौज्दातबारे टिप्पणीप्रति चेम्बरको आपत्ति

महँगो इभी र चार्जिङ पूर्वाधारको अभाव मुख्य चुनौती

धनकुटा चारखोलेमा बस दुर्घटना, तीन यात्रु घाइते

अरुणाचल प्रदेशमा बाढीमा परी पाँच भारतीय सैनिक बेपत्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu