सुनसरीको कोशी गाउँपालिका–८ भन्टाबारीमा बिक्रीका लागि राखिएको निगुरो। कोशी टप्पु क्षेत्र तथा भारतबाट संकलन गरी ल्याइएको निगुरो भन्टाबारीबाट दैनिक काठमाडौंको कालीमाटी तरकारी बजारमा पठाउने गरिएको व्यापारी रामबहादुर गुप्ताले जानकारी दिनुभयो।
भन्टाबारीमा दैनिक १२ जनाभन्दा बढी व्यापारीले निगुरोको थोक कारोबार गर्दै आएका छन्। व्यापारीहरूका अनुसार यहाँ निगुरो प्रतिको मुठा १० रुपैयाँका दरले थोकमा बिक्री हुने गरेको छ।
वर्षायाममा विशेषगरी कोशी टप्पु आसपासका क्षेत्रबाट निगुरो संकलन हुने भएकाले यस समयमा यसको व्यापार बढ्ने गरेको छ। स्थानीय बजारसँगै काठमाडौंसम्म यसको माग रहेकाले संकलन, बिक्री तथा ढुवानीमार्फत स्थानीय व्यापारीले आम्दानी गर्दै आएका छन्।
Originally published on abcnews.com.np.






प्रतिक्रिया दिनुहोस्