ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुकुम पश्चिम जिल्ला अस्पतालमा चिकित्सक अभाव, दैनिक १५० भन्दा बढी बिरामी


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ५ : ०५   बजे

रुकुमपश्चिम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१ सल्लेस्थित जिल्ला अस्पतालमा बिरामीको चाप बढे पनि आवश्यक चिकित्सक नहुँदा उपचार सेवा प्रभावित भएको छ ।

वर्षायाम सुरु भएसँगै रुघाखोकी, ज्वरो, पखालालगायत मौसमी रोगका बिरामी बढिरहेका छन् । तर, चिकित्सक अभावका कारण समयमै स्वास्थ्य सेवा पाउन समस्या भएको बिरामीको गुनासो छ ।

विशेषज्ञसहित आठ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा अहिले तीन जना मात्रै कार्यरत छन् । चार विशेषज्ञ र चार मेडिकल अधिकृतको दरबन्दी रहेको अस्पतालमा हाल एक स्त्रीरोग विशेषज्ञ र एक मेडिकल अधिकृत कार्यरत छन् । अस्पतालले आन्तरिक स्रोतबाट एक हाडजोर्नी तथा नसा रोग विशेषज्ञसमेत व्यवस्थापन गरेको छ ।

एक चिकित्सकको भरमा अस्पताल

स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत कालीबहादुर ओलीका अनुसार अस्पतालमा दैनिक १५० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।

अस्पतालका व्यवस्थापक तथा स्त्रीरोग विशेषज्ञ डा. जीवन परियार उपचारका लागि जिल्लाबाहिर रहेका कारण अहिले एक जना मेडिकल अधिकृतको भरमा अस्पताल सञ्चालन भइरहेको छ ।

यसअघि संघ र प्रदेशबाट छात्रवृत्ति करारमा चिकित्सक आउने गरे पनि पछिल्लो दुई महिनायता उनीहरूको सेवा अवधि सकिएपछि अस्पतालमा चिकित्सक अभाव भएको हो ।

निजी अस्पताल जान बाध्य

सरकारी अस्पतालमा चिकित्सकको अभाव भएपछि कतिपय बिरामी उपचार नै नगराई फर्किनुपर्ने अवस्था आएको छ । रुकुमपूर्वको सिस्ने गाउँपालिका–३ बाट उपचारका लागि आएका लक्ष्मण लामिछानेले बिरामीको चाप उच्च भए पनि एक जना मेडिकल अधिकृतले मात्रै सबै बिरामी हेर्नुपर्ने अवस्था रहेको बताए ।

त्रिवेणी गाउँपालिकाबाट उपचारका लागि आएकी नवीना पुनले पनि पालोका लागि घण्टौँ कुर्नुपर्ने र चिकित्सक भेट्न कठिन भएपछि निजी क्लिनिकमा उपचार गराउनुपरेको बताइन् ।

चिकित्सक थप्ने तयारी

अस्पताल प्रशासनले चिकित्सक अभाव समाधानका लागि प्रदेश सरकारसँग दरबन्दीअनुसार जनशक्ति माग गरेको जनाएको छ । साथै आन्तरिक आम्दानीबाट खर्च व्यहोर्ने गरी थप तीन जना चिकित्सकलाई करारमा नियुक्त गर्ने प्रक्रिया अघि बढाइएको छ ।

अस्पतालमा रुकुम पश्चिमसँगै रुकुम पूर्व, सल्यान, जाजरकोट, डोल्पा र रोल्पाबाट समेत बिरामी उपचारका लागि आउने गरेका छन् ।

१५ शय्याका लागि स्वीकृत दरबन्दी रहेको जिल्ला अस्पतालले हाल करिब ४० शय्याबाट सेवा दिइरहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइसमा पाँच खेलाडी मनोनित

विपद् व्यवस्थापनको तयारीमा सतर्कता अपनाउन मुख्यमन्त्री भट्टको निर्देशन

सम्बन्धित

होटल तथा रेस्टुरेन्टलाई आवश्यकताभन्दा बढी ग्यास मौज्दात नराख्न आयल निगमको आग्रह

रेडिसन होटलमा ग्यास मौज्दातबारे गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति

कोटहीमाई गाउँपालिकाको नीति, कार्यक्रम र बजेट स्वीकृत

स्वास्थ्य मन्त्री मेहताद्वारा सप्तरीमा प्रतिष्ठानको जग्गा र अस्पताल निरीक्षणको निरीक्षण गरिन्

घरेलु हिंसाका ७६ प्रतिशतभन्दा बढी मुद्दा मिलापत्रमै टुंगिन्छन्

नेपाल टेलिकमको खुद नाफा ४७.५८ प्रतिशतले बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu